sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

म्याग्दीको मुनामा बालविवाह रोक्न किशोरी सम्मेलन

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:१0
म्याग्दीको मुनामा बालविवाह रोक्न किशोरी सम्मेलन

बेनी 

म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालविवाह नियन्त्रण,बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

गर्ल्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको संगमका कार्यकारी निर्देशक दिपक पौडेलले जानकारी दिए ।

धवलागिरी गाउँपालिकाको ताकम, मुना, मुदी र लुलाङको ४ वटा वडाका ११ वटा विद्यालयमा गठन भएका किशोरी सञ्जालका २८ जना प्रतिनिधिहरूको सहभागिता थियो । किशोरीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल भएको थियो ।

किशोर अवस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदाय स्तरमा सचेतना फैलाउने, बिस बर्ष पुगेपछि मात्र बिवाह गर्ने, बिस वर्ष भन्दा कम उमेरमा बिवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।

सबै बिद्यालयमा महिनावारी हुदा प्रयोग गर्ने प्याड बिसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागीले महिनावारी हुँदा सफा र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

बीस वर्ष नपुगी विवाह गर्ने जोडीको गाउँ ठाउँमा मिलाउने गलत प्रवृतिको बिरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीमाथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् ।

महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अँध्यारो कोठामा थुन्ने,घरबाट बाहिर निस्कन नदिने,मिठो मसिनो खान नदिने अन्धविश्वास र रुढीबाढीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid