July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैन : अध्यक्ष मगर

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १३:१९
बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैन : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु नहुने बताएका छन् ।

बुधवार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रेस जगतले निष्पक्ष,स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने बताएका हुन् । उनले स्वतन्त्र प्रेसका मूल्य,मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सुसूचित गराउने वातावरण सरकारले तयार बनाउनुपर्ने बताए ।

उनले भने, ‘स्वतन्त्र प्रेसका मूल्य,मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सुसूचित गराउने वातावरण सरकारले तयार बनाउनुपर्छ। कुनै पनि बाहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैन।’ उनले मुलुकको मर्म बमोजिम प्रेसको रक्षा गर्नु सबैको दायित्व रहेको बताए ।

त्यस्तै, पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेसलाई नियन्त्रण,आक्रमण,आफू अनकुल लेख्न लगाउने प्रवृति अझै कायम रहेको बताए । उनले नेपालमा अझै प्रेसमाथि नियन्त्रण तथा आक्रमणका घटना हुँदै आएकाले नेपालमा प्रेस स्वतन्त्रताको सवालमा सुरक्षित छौं भन्ने अवस्था नभएको बताए ।

उनले प्रेस स्वतन्त्रता माथि राज्यपक्ष तथा गैरराज्य पक्षबाट आक्रमण गर्नेलाई कानूनी रुपमा कारबाही गर्ने प्रक्रियाको थालनी हुन जरुरी रहेको बताए । उनले नेपालमा प्रेसमाथि आक्रमण गर्नेहरु अहिलेसम्म कानूनी दायरामा आएको नआएको बताए ।

उनले अझै पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानून निर्माण हुन नसकेको भन्दै सरकारले तत्काल पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानून बनाउन आवश्यक रहेको बताए ।

उनले इन्टरनेटको विकाससँगै सुरू भएको डिजिटल पत्रकारिता चुनौति र अवसरको बीचमा रहेको बताए । महासंघले पछिल्लो एक वर्ष वर्षम नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघले मे ३ सन् २०२२ देखि २६ अप्रिल २०२३ सम्ममा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रेस स्वतन्त्रता हननका ५५ वटा घटनामा ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएको महासंघले जनाएको छ ।

एक वर्षको अवधिमा कब्जा अवरोधका सात, दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा, लैङ्गिक हिंसाका दुई, विस्थापन एक र पेशागत असुरक्षाका ५५ वटा घटना भएको महासंघले जानकारी दिएको हो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्