April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

टेरामक्सले सरकारदेखि जनतासम्म सबैको कल डिटेल निकाल्छ त्यसैले यो काम तुरुन्त रोकौँ : प्रदीप यादव

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:२७
टेरामक्सले सरकारदेखि जनतासम्म सबैको कल डिटेल निकाल्छ त्यसैले यो काम तुरुन्त रोकौँ : प्रदीप यादव
  • प्राधिकरणले आफूखुसी व्याख्या गरी ल्याएको टेराम्कस कानुन विपरीत
  • “टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालेर दुरूपयोग गरिन्छ 
  • ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमै कायम 

काठमाडौं ।।

प्रतिनिधिसभाका सांसद प्रदीप यादवले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ कानुन विपरीत भएको र यसले कल डिटेलको दुरुपयोग हुने बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद यादवले गोपनीयता भंग नगरी कानुन बनाएर जानुपर्नेमा प्राधिकरणले आफूखुसी व्याख्या गरी ल्याएको टेराम्कस कानुन विपरीत भएको टिप्पणी गरे ।

बैठकमा बोल्दै उनले भने, “प्राधिकरण कानुन नबनाइ किन अघि बढ्यो ? अदालतले आदेश लिएर मात्र कल डिटेल निकाल भन्छ । सचिवबाट जवाफ चाहान्छु, अहिले कल डिटेल निस्कन्छ कि निस्कदैन ?” उनले अगाडि थपे, “टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालेर दुरूपयोग गर्छन् । उपसमिति बनाएर अध्ययन गरेर अघि बढौँ । कानुन बनाएर अघि नबढेसम्म यो लागु नगरौँ । तुरुन्त रोकौँ ।”

उनले दूरसञ्चार प्राधिकरण कुनै खुफिया एजेन्सी नभएको र लेखा समितिलाई अरुले पंगु बनाउने काम गरिरहेको उनको टिप्पणी छ । प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।