sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

चीन-भारत सीमा विवाद : भारतीय गृहमन्त्रीको अरुणाञ्चल भ्रमणलाई लिएर चीनको आपत्ति

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १४:१२
चीन-भारत सीमा विवाद : भारतीय गृहमन्त्रीको अरुणाञ्चल भ्रमणलाई लिएर चीनको आपत्ति

काठमाडौं । चीनले भारतका गृहमन्त्री अमित शाहको अरुणाञ्चल भ्रमण प्रति आपत्ति जनाएको छ । शाहको अरुणाञ्चल भ्रमणले चीनको सार्वभौमिकता र विदेश नीतिमा गम्भीर आघात पुर्‍याएको भन्दै चीनले शाहको भ्रमणमा आपत्ति जनाएको हो ।

पूर्वी भारतको अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रमा अमित शाहले भ्रमण गरेसँगै चीनेले यस किसिमको प्रतिक्रिया दिएको हो । चीनले भारतको अरुणाञ्चल प्रदेश सीमाका केही ठाउँहरुको नाम परिवर्तन गर्दै आफ्नो भूभागको रूपमा दाबी गरेसँगै सो क्षेत्रमा भारत र चीनबीच सीमा विवाद रहँदै आएको छ ।

‘जांगनान चीनको क्षेत्र हो । भारतीय अधिकारीको जांगनान भ्रमणले चीनको क्षेत्रीय सार्वभौमसत्ताको उल्लङ्घन गरेको छ र यो सीमा क्षेत्रमा शान्ति कायम राख्नका निमित्त अनुकूल छैन’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनवीनले सोमबार भारतका गृहमन्त्री अमित शाहको भ्रमणबारे सोधिएको प्रश्नको उत्तर स्वरूप बताएका छन् ।

यता अरुणाञ्चल प्रदेशको सीमावर्ती गाउँ किबिथुमा ‘भाइब्रन्ट भिलेज’ नामक कार्यक्रमको शुभारम्भमा बोल्दै शाहले सुरक्षा बलहरूको कडा परिश्रमका कारण सम्पूर्ण देश आफ्नो घरमा शान्तिपूर्वक सुत्न सकेको बताएका थिए ।

यति मात्र नभएर सीमा क्षेत्र भारत सरकारको पहिलो प्राथमिकता रहेको पनि शाहको भनाई छ । ‘भारतीय भूमिमा कसैले अतिक्रमण गर्न सक्ने समय बितिसकेको छ। आज सियोको बिन्दु बराबरको जमिन पनि कसैले कब्जा गर्न सक्दैन’ शाहलाई उद्धत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल्जजिराले जनाएको छ ।

के हो विवाद ?

पछिल्ला वर्षहरूमा चीन र भारतबीचको सीमा विवाद चर्किँदै गएको अवस्था छ । सीमा क्षेत्रलाई लिएर सन् १९६२ देखि सुरु भएको विवाद हालका वर्षहरूमा थप सतहमा आएको छ । गत वर्ष चीनको सिभिल अफयर्स मन्त्रालयले पाँच पहाड सहित ११ स्थानहरूको नाम परिवर्तन गर्दै सो क्षेत्रलाई दक्षिणी तिब्बत क्षेत्रको रूपमा मानकीकृत गरेसँगै चीन भारत सीमा विवाद थप सतहमा आएको हो ।

चीनले जारी गरेको नक्सामा ११ स्थानहरूलाई ‘जांगनान’ वा चिनियाँ भाषामा दक्षिणी तिब्बत भनिएको छ । जसमा अरुणाञ्चल प्रदेशलाई दक्षिणी तिब्बतमा समावेश गरिएको र भारतसँगको चीनको सीमा ब्रह्म पुत्र नदीको उत्तरमा रहेको बताइएको छ ।

भारतको विदेश मन्त्रालयले यस कदमलाई अस्वीकार गर्दै अरुणाञ्चल प्रदेश भारतको अभिन्न र अविभाज्य क्षेत्र रहेको जनाउँदै आएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid