April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:४0
ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने

झापा । ‘रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान’ झापाले आँखा रोगका विशेषज्ञ चिकित्सक सन्दुक रुइतलाई श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/ अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गर्ने भएको छ।

आगामी वैशाख ४ गते भद्रपुरमा आयोजना हुने बिशेष समारोहबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले रुइतलाई सम्मानित गर्ने भएका हुन् । ५ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पाउने उनी दोश्रो प्रतिभा हुन् । प्रतिष्ठानले यसअघि नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबरालाई यो पुरस्कार प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जनाए।

२०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा जन्मिएका रुइत आँखामा हुने मोतीयाबिन्दु रोगको उपचार चिकित्सा पद्धति ‘रुइतेक्टोमी’का प्रवर्तक पनि हुन् । उनले रमन म्याग्सेसे पुरस्कार (२००६), पद्मश्री सन् (२०१८) , प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार) (सन् २०१९), बहराइनको राजाद्वारा इसा अवार्ड (२०२३) जस्ता दर्जनौं पुरस्कार पाइसकेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।