Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279
स्पेन र नेपालको कूटनीतिक सम्बन्धको ५५ औं वार्षिकोत्सव – साझा परिवेश
May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ?

स्पेन र नेपालको कूटनीतिक सम्बन्धको ५५ औं वार्षिकोत्सव

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० ११:१९
स्पेन र नेपालको कूटनीतिक सम्बन्धको ५५ औं वार्षिकोत्सव

Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279

बार्सिलोना । स्पेन र नेपालको कूटनीतिक सम्बन्धको ५५औं वार्षिकोत्सवको अवसरमा म्याड्रिडमा घोडा दौड हुने भएको छ। नेपाली राजदूतावास म्याड्रिडको आयोजनामा मे १३ मा एक भव्य समारोहबीच नेपाली सांस्कृतिक कार्यक्रमसहित घोडा दौड हुने भएको हो ।

नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमशिखरहरु सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण हिमशिखरको नाममा ८ वटा घोडाहरुले प्रतिस्पर्धामा भाग लिने भएका छन् ।

स्पेन सरकारका विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु, विभिन्न देशका राजदूतहरुले पनि सहभागिता जनाउने उक्त कार्यक्रममा पाँच हजारभन्दा बढीको उपस्थिति रहने अपेक्षा राजदूतावासले राखेको छ।

स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले स्पेनको इतिहासमा नै कुनै पनि दूतावासले यति ठूलो कार्यक्रमको आयोजना गरेको पहिलो पटक रहेको बताइन् ।

घोडा दौडमा ८ वटा हिमालको नाम राख्नुको कारणबारे बोल्दै उनले भनिन्, ‘एउटा त विश्वका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखरमध्ये ८ वटा नेपालमै पर्छन् भनेर चिनाउनु नै हो।’

साथै जलवायु परिवर्तनको सांकेतिक स्वरूपका रुपमा पनि घोडा दौड नै आयोजना गरिएको राजदूत ढकालले बताइन्। ‘क्लाइमेट चेन्जले स्पेनमा पनि त पानीको कमी भइरहेको छ। त्यसले फुड सेक्युरेटीका लागि च्यालेन्ज भइरहेको छ। नेपालमा पनि पहिलेको जस्तै पानीको फ्लो छैन। एक किसिमले त्यो सांकेतिक रुपमा घोडा दौड नै गर्न लागिएको हो,’ उनले भनिन्।

साथसाथै पर्यटन प्रबर्धन, नेपाल र स्पेनको संस्कृति, रहनसहन खाना, भेषभूसाको समिश्रणलाई पनि कार्यक्रममा प्रस्तुत गरिने म्याड्रिड दूतावास जनाएको छ।

‘मैले देखेको मेरो ७ वर्षको कूटनीतिक अनुभवमा नेपालको विकासका लागि पर्यटन क्षेत्र नै हो । यसलाई नै राम्रोसँग लिएर जान सकेको खण्डमा हाम्रो देशको राम्रो आयस्रोत हुनसक्छ। यस्ता कार्यक्रमहरुबाट नै नेपालको पर्यटन प्रबर्धनमा सहयोग मिल्ने आशा लिएका छौ,’ राजदूत ढकालले थपिन्।

म्याड्रिड राजदूतावासले आयोजना गरेको कार्यक्रम सम्पन्न गर्न परराष्ट्र मन्त्रालय,नेपाल पर्यटन बोर्ड लगायत स्पेनस्थित नेपाली संघसंस्थाहरुले सहयोग गर्ने भएका छन्।

  • साझा परिवेश

  • Warning: A non-numeric value encountered in /home/sajhaparibesh.com/public_html/wp-content/plugins/nyasro-nepali-date-converter/Nyasro_NDC_Converter.php on line 238
    आइतवार, बैशाख १७, २०८०
    ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्