October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रुपन्देहीमा बढे कोरोना सङ्क्रमित

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १४:४४
रुपन्देहीमा बढे कोरोना सङ्क्रमित

बुटबल । रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ। सडकमार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रूपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ।

बेलहिया नाका हुँदै नेपाल भित्रिने यात्रुहरुमध्ये भारतीय यात्रुहरुमा तुलनात्मक रुपमा सङ्क्रमण बढी देखिएको छ। नाकामा सङ्क्रमण देखिएकाहरु आफ्नै तरिकाले आफ्नो गन्तव्यतर्फ जाँदा यसले सङ्क्रमणको जोखिम झनै बढाएको छ।

केही समय पहिला सङ्क्रमित देखिएका भारतीय नागरिकलाई भारत फिर्ता पठाउने गरिए पनि अहिले त्यो अवस्था छैन।

फागुनसम्म न्यून सङ्ख्यामा कोरोना सङ्क्रमित देखिए पनि चैतमा यो सङ्ख्या बढेको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा चैतमा सबैभन्दा धेरै १९ गते एकै पटक १७ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो।

भारतबाट नेपाल आउने एक सय ५९ यात्रुमा कोरोना परीक्षण गर्दा एकजना नेपाली र १६ जना भारतीयमा सङ्क्रमण पाइएको बेलहिया हेल्थ डेस्कको तथ्याङ्कमा उल्लेख छ।

यस्तै, चैत २० गते ९२ जनामा परीक्षण गरिएकामा तीन भारतीय, चैत २३ मा एक सय ६० जनामा परीक्षण गर्दा दुई नेपाली र १० भारतीयसहित १२ जनामा कोभिडको सङ्क्रमण पाइएको थियो।

‘चैतमा हालसम्म ६३ जनामा कोभिडको ओमिक्रोन सङ्क्रमण पाइएको छ’, स्वास्थ्य कार्यालय भैरहवाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले भने, ‘यो साता मात्रै ४१ जना पुगेका छन्, फागुन महिनामा नयाँ सङ्क्रमितको सङ्ख्या २८ जना थियो।’

कोभिड सङ्क्रमण बढेसँगै केही समययता सुस्त रहेको स्थानीय प्रशासनले सीमामा सतर्कता बढाएको छ। सङ्क्रमण फेरि बढ्ने र महामारी देखापर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै रुपन्देहीमा सङ्क्रमण न्यूनीकरण गर्न तयारी सुरु गरिएको छ। जसमा अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापन, खोप एवम् एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको छ।

जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समिति (डिसिसिसिएमसी) को बैठकले बेलहिया हेल्थ डेस्कको क्षमता वृद्धि गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको छ।

रुपन्देहीका सहायक नाकाका रुपमा रहेको लुम्बिनीको ककरहवा नाका र रोहिणीको भगवानपुर नाकामा पनि हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए। यससँगै भीडभाड हुने स्थानमा मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य मापदण्ड पालन गराउन विभिन्न सचेतनामूलक कार्यक्रम पनि अगाडि बढाइने निर्णय भएको उनले जानकारी दिए।

तत्कालका लागि सीमामा सङ्क्रमित देखिएकाहरुलाई सावधानी अपनाइँदै उनीहरु जान चाहेको गन्तव्यमै जान दिएको पाण्डेको भनाइ छ।

‘जिल्लावासीका हकमा डिसिसिएमसीको व्यवस्थापनमा सम्बन्धित सङ्क्रमितलाई घरमै छाड्ने गरेका छौँ, जिल्लाबाहिरका नेपाली नागरिकको हकमा सम्बन्धित जिल्लाको सहजीकरणमा छोड्ने गरेका छौँ’, प्रजिअ पाण्डेले भने।

‘भारतीय नागरिकको हकमा केही समय पहिले उहाँहरूलाई भारत नै फिर्ता पठाउने गरिए पनि अहिले मन्त्रालयको परिपत्रअनुसार सुरक्षा सावधानी अपनाउँदै गन्तव्यसम्म जाने अनुमति दिने गरेका छौँ’, उनले थपे।

सङ्क्रमणको जोखिम कम गर्न कोभिड विरुद्धको खोपलाई पनि तीव्रता दिने स्वास्थ्य कार्यालयको तयारी रहेको छ। पहिलो र दोस्रो मात्राको खोपका लागि रुपन्देही जिल्ला नै पूर्ण खोप जिल्ला सुनिश्चित भइसकेकोे छ।

यस्तै, बुस्टर डोजका रुपमा रुपन्देहीमा तेस्रो मात्राको खोप ६० प्रतिशतले र अहिले चौथो मात्राको खोप १० प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय भैरहवाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले बताए।

अहिले पनि अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखी खोप लगाउने काम भइरहेको उनको भनाइ छ। अन्यको हकमा भने मन्त्रालयको समन्वयमा खोप मगाउने काम भइरहेको ढकालले बताए।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्