April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त कस्तो रहला आजको मौसम ? एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु , २ हजार ४५४ जना एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्दै प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

नगर प्रमुख बालेनलाई सरकारले सचेत गराउने

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १९:२0
नगर प्रमुख बालेनलाई सरकारले सचेत गराउने

काठमाडौँ : सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ।​

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो।

बैठकमा शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अभिव्यक्ति अव्यवहारिक रहेको मन्त्रिपरिषद्ले बताएको छ। बैठकले मेयर साहलाई नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन्।

उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहर नउठे नीति पालना गराउन सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन्।

मन्त्री शर्माले भनिन्‚ ‘सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा गर्नुभएको विषय नीतिगत रूपमा काठमाडौं उपत्यकाका फोहर स्थानीय तहले उठाउने भन्ने नीतिगत व्यवस्था हो। त्यो नीतिगत व्यवस्था परिवर्तन भएको छैन। त्यसैअनुसार यसलाई व्यवस्थापन गर्न छलफल गर्ने र त्यसो हुँदा पनि नभए नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर छलफल भयो। उहाँको अभिव्यक्ति राम्रो छैन भन्ने कुरामा छलफल भयो। नीतिगत रूपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरा भएको छ।’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १९:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट