sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको फुटबलमा फराकिलो जित

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:५६
मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको फुटबलमा फराकिलो जित

काठमाडौं

साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ। ललितपुरको च्यासल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ७–३ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। मच्छिन्द्रको प्रभावशाली जितमा ओलावाले आफिजले पाँच गोल गरे। जारी लिगमा उनको पहिलो ह्याट्रिक हो। यस्तै विमल घर्तीमगर र विजय भुजेलले एक–एक गोल थपे। खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए।

ओलावालेले खेलको २५औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। २९औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको इन्जुरी समयमा विमल घर्तीमगरले गोल गर्दै मच्छिन्द्रको अग्रता बढाएका थिए। ५६औं मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गरेका थिए। उनले पेनाल्टीमा गोल गर्दै मच्छिन्द्रलाई ४–० को अग्रता दिलाएका थिए। ६१औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई खेलमा फर्काएका थिए। त्यसको एक मिनेटलगत्तै ओलावालेले चौथो गोल गर्दै मच्छिन्द्रलाई ५–१ को अग्रता दिलाएका थिए।

खेलको ६७औं मिनेटमा ओलावालेले व्यक्तिगत पाँचौं गोल गरेका थिए। उनको गोलसँगै मच्छिन्द्रले ६–१ को अग्रता बनाएको थियो। नाइजेरियन स्ट्राइकर ओलावाले जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्। उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पनि उक्लिएका छन्।

उनले अहिलेसम्म आठ गोल गरिसकेका छन्। ७६औं मिनेटमा स्टेफन बिनोङले गोल गर्दै मच्छिन्द्रको अग्रता कम गरेका थिए। ८१औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ६–३ को स्थितिमा ल्याएका थिए। त्यसपछि खेलको ८७औं मिनेटमा विजय भुजेलले गोल गर्दै मच्छिन्द्रलाई ७–३ को जित दिलाए। जारी लिगमा मच्छिन्द्रको तेस्रो जित हो। मच्छिन्द्रले आठ खेलमा १२ अंक जोडेको छ। मच्छिन्द्र लिगको छैटौं स्थानमा उक्लिएको छ। खुमलटारले भने पाँचौं हार बेहोरेको छ। आठ खेलमा सात अंक जोडेको खुमलटार १०औं स्थानमा छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid