May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेयर दिनेश प्रसाद यादव विरुद्ध महिला शिक्षिकाहरुले लगाए मुर्दावादको नारा

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:0७
मेयर दिनेश प्रसाद यादव विरुद्ध महिला शिक्षिकाहरुले लगाए मुर्दावादको नारा

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव विरुद्ध महिला शिक्षिकाहरुले मुर्दावादको नारा लगाएर विरोध जनाएका छन् ।

शहिदनगरको विभिन्न समुदायिक विद्यालयमा अध्ययन अध्ययापन गराउँदै आएकी बालविकाशकी शिक्षिकाहरुले आफूहरुको तबलभत्ता नदिएको भन्दै विरोध जनाएकी हुन् ।

कार्तिक, मँसिर, पुस, माघ, फागुनसम्मको तलबभत्ता नदिएको भन्दै शिक्षिकाहरुले नगरपालिकामा धर्ना दिँदै नगर प्रमुख यादवविरुद्ध मुर्दावादको नारा घन्काएकी हुन् । उनीहरुले शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध समेत नारावाजी गरेका थिए ।

बालविकास कक्षामा पढाउँदै आएकी शिक्षिकाहरुले यसअघिको आर्थिक बर्षहरुमा तलबभत्ता पाउँदै आएपनि सरकार परिवर्तनपछि तलबभत्ता नदिएको भन्दै विरोध जनाउँदै आएकी हुन् । उनीहरुले तीनदिने अल्टिमेटम दिएर धर्ना समेत बसेकी थिइन् ।

मँगलबार नगरपालिकाको कार्यालय पुगेर शिक्षिकाहरुले तलबभत्ताको माग गर्दै विरोध गरेको थियो । उनीहरुले नगर प्रमुख र शिक्षा शाखा प्रमुखविरुद्ध मुर्दाबादको नारा लगाएकी थिइन् ।

यता, शहिदनगर नगरपालिकाका नगर प्रमुख यादवले शिक्षिकाहरुको कागजपत्र नै अपुग भएको भन्दै तलबभत्ता रोकिएको प्रतिक्रिया दिएका छन् । उनले यसअघि बिना कागजपत्रकै तलबभत्ता दिँदै आएकोमा बेरुजुको समस्या बढेको बताए ।

मेयर यादवले बालविकासकी शिक्षिकाहरुलाई पटक पटक तागेदा गरेपनि कागजात बुझाउन नसकेपछि तलबभत्ता रोकिएको बताउँदै प्रमाण, कागजातहरु पेश गरेपछि भोलीपल्ट नै तलबभत्ता खातामा जाने प्रतिवद्धता जनाए ।

साउन, भदौ र असोजको तलब दिएपछि आफू र नगरपालिकामाथि मुद्दा दिएपछि आफू खोजबिन गर्न थालेको बताए । उनले खोजबिनको क्रममा कसैसँग कागजात नभएको पाएपछि तलबभत्ता रोकिएको बताए ।

सो क्रममा शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले तीन पटक तागेदा गरिएपनि कागजात पेश नगरेको बताए । उनले शिक्षा कार्यालयबाट चाहिने कागजात पनि नभएको जनाउँदै प्रमाणित पेश भएमा तलब दिइने जानकारी दिए ।

यसअघि ६९ जनाको तलब दिँदै आएकोमा केही जनाका नाम समेत फरक पाएपछि तत्कालै तलबभत्ता रोकिएको बताए ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट