May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सरकारलाई तोसिमाको प्रश्नै प्रश्न

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १४:२३
सरकारलाई तोसिमाको प्रश्नै प्रश्न

काठमाडौं। सांसद तोसिमा कार्कीले संसदमा सांसदले उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै आपत्ती जनाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले सांसदले प्रश्न उठाउने तर सम्बन्धित मन्त्री मुखदर्शक भएर बसिदिने परिपाटी सृजना भएको बताइन्।

उनले प्रतिनिधिसभा नियमावलीमा ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्‍था भएपनि त्यो लागू हुन सकेको भन्दै आपत्ती जनाइन्।

सांसद कार्कीले भनिन्,’प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियमको २ मा स्पष्ट व्यवस्था छ ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ। तर खै जवाफ ?

भक्तपुरमा स्वास्थ्य वीमा कहिले आउँछ?, नक्खु भैंसीपाटी सडक कहिले बनिसक्छ ? र स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ? भन्दै प्रश्न गरिन्। उनले यी प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ आउनुपर्ने माग गरिन्।

सांसद कार्कीले सरकार सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताइन्।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।