July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:0३
सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित

सुनसरी ।  गहुँको तुलनामा मकैको उत्पादन राम्रो हुन थालेपछि सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

धान, गहुँ र मकैसहित कृषिका लागि उर्वर मानिने सुनसरीमा मकैतर्फ किसानको आकर्षण बढ्दै गएको हो ।

सिँचाई अभाव र धानको उत्पादनमा कमी हुँदै गएपछि किसानहरू गहुँ तथा धान खेतीभन्दा मकै खेती गर्नतर्फ आकर्षित भएको गढी गाउँपालिकाका किसान प्रताप साहले बताउनुभयो ।

उन्नत जातको मकैको बिउ बिजनको अभाव र मलको समस्या रहेको भएपनि मकै खेतीबाट नै राम्रो आम्दानी हुने गरेको किसान साह बताउनुहुन्छ । करिब प्रति कट्ठा १० देखि १२ मनसम्म मकै उत्पादन हुने अनुमान उहाँको छ ।

सुनसरीको गढीका किसान साहलाई पहिला गहुँ खेतीमा एक हजार लगानी गर्दा १२ सय रुपियाँ समेत उठान गाह्रो थियो । अर्को विकल्प नभएकाले खेतलाई बाँझो राख्नुभन्दा गहुँ खेती नै गर्नुको विकल्प थिएन ।  पछि केही ठाउँमा मकै लगाउन थालेको देखेर साहले समेत आफ्नो खेतमा मकै खेती लगाउन सुरु गर्नुभयो । पहिला अनुभव नभएकाले मकैको लगानी गहुँको भन्दा दोब्बर हुने तर आम्दानी हुने कुनै टुङ्गो नभएकोमा डराई डराई लगानी गर्नुभएका उहाँले मकै खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएकाले खुसी समेत हुनुहन्छ ।  उहाँले पाँच कट्ठाबाट सुरु गर्नुभएको मकै खेती अहिले ६  बिगाहामा  लगाउनुभएको छ ।

साह भन्नुहुन्छ “गहुँमा एक कट्ठाका लागि एक हजार रुपियाँ लगानी गर्दा एक हजार दुई सय रुपियाँको समेत गहुँ उत्पादन नभएको अवस्था थियो भने अहिले मकैमा प्रति कट्ठा दुई हजार रुपियाँको मल, खाद, सिँचाई र बिउ लगाउँदा १० हजार रुपियाँसम्म आम्दानी हुन्छ” ।  मकै खेतबाट प्रति विघा एक लाख २० हजार रुपियाँ एक सिजनमा आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

साह जस्तै इटहरी उपमहानगरपालिका खनाका अर्का किसान रञ्जित सरदारले पनि दुई वर्षदेखि गहुँ खेती छोडेर मकै बाली लगाउन थाल्नुभएको छ । उहाँले पनि गहुँभन्दा मकैमा राम्रो आम्दानी हुने भएकाले मकै खेती गर्न सुरु गर्नुभएको हो । सरदारले दुई बिगाहामा आफ्नै लगानीमा मकै खेती गर्दै आउनुभएको छ ।

त्यसैगरी, सुनसरी इनरुवा आसपास क्षेत्रका धेरै किसानहरू पछिल्लो समय गहुँको खेतीबाट आम्दानी र उत्पादनमा कमी आउन थालेपछि मकै खेती गर्नतर्फ लागेका छन् ।

अहिले सबैभन्दा बढी हरिनगर गाउँपालिका, देवानगञ्ज, गढी, कोशी, भोक्राहा नरसिंह, इनरुवा, रामधुनी र बराहक्षेत्र लगायतका क्षेत्रमा मकैको खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्