July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

ठमेलमा ७५ वटा स्ट्रिट–नम्बर राखिने

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १५:५४
ठमेलमा ७५ वटा स्ट्रिट–नम्बर राखिने

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउने योजना अघि बढेको छ।

ठमेल पर्यटन विकास परिषदले काठमाडौं महानगरपालिका, विद्युत प्राधिकरण, प्रहरी र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ठमेललाई थप व्यवस्थित बनाउन मुख्य चारवटा काम गर्दैछ।

परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार पहिलो चरणमा ठमेलमा स्ट्रिट–नम्बर प्लेट राखिनेछ।

’पर्यटकलाई सहज र ठाउँ व्यवस्थित बनाउन सबभन्दा पहिले ठमेलमा स्ट्रिट–नम्बर प्लेट राख्न लागिएको हो,’ उनले भने, ’यसले पर्यटकलाई ठमेल पुग्दा ठाउँबारे हेर्न सजिलो हुन्छ।’

यसका लागि परिषद र पर्यटन बोर्डको सहकार्य हुनेछ। स्ट्रिट–नम्बर राख्ने काम कर्मचारी सञ्चय कोषको भवन रहेको गल्लीबाट सुरू हुने उनले बताए।

’नेपाल घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल आइपुग्छन्। यसलाई पर्यटक जमघट हुने थलोका रूपमै चिनिन्छ,’ उनले सेतोपाटीसँग भने, ’पर्यटक आउँदा अलमल नहोस् भनेर र स्वागतका लागि ठमेल व्यवस्थित बनाउन लागिएको हो।’

ठमेलमा ७५ वटा स्ट्रिट–नम्बर राखिनेछ। यसका लागि करिब २० लाख रूपैयाँ बजेट अनुमान छ। स्ट्रिट–नम्बर राख्ने काम केही दिनमै सुरू हुने शर्माले बताए।

’पोखराको लेकसाइडमा जस्तै अब ठमेलका प्रत्येक गल्लीलाई नम्बर दिइन्छ। अहिले जे नाम छ, त्यही नाम हुन्छ,’ उनले भने, ’पर्यटकलाई गल्ली खोज्नुभन्दा पनि नम्बर हेरेर हिँड्न सजिलो हुन्छ।’
स्ट्रिट–नम्बरसँगै सिसिटिभी क्यामरा, सडक बत्ती जडान र सडक मर्मत काम हुनेछ।

काठमाडौं महानगरसँगको सहकार्यमा ठमेलमा पाँच सय वटा (अटो) सेन्सरमा आधारित सडक बत्ती जडान गरिनेछ।

अहिले सडकमा बत्ती जडान गर्न काठमाडौं महानगरसँग छलफल भइरहेको छ। जुनसुकै समयमा पनि पर्यटकको आवतजावत हुने ठमेलमा राति पनि झिलीमिली बनाउन यो प्रयास भइरहेको उनले बताए।
’ठमेलका मुख्य र भित्री सडकमा दुबैतर्फ सेन्सरमा आधारित बत्ती जडान हुनेछ। यसलाई बन्द गर्ने, खोल्ने गर्नुपर्दैन। अँध्यारोमा बल्छ उज्यालोमा निभ्छ,’ उनले भने।

सडक बत्ती जडानमा काठमाडौं महानगरसँगै विद्युत प्राधिकरणको सहकार्य हुनेछ। यो काम आगामी डेढ महिनामा सुरू हुने अध्यक्ष शर्माले बताए।

त्यस्तै ठमेलभित्र हुने सम्भावित दुर्घटना कम गर्न सिसी टिभी क्यामरा जडानको काम पनि आगामी एक महिनामै सुरू हुनेछ। काठमाडौं महानगर र काठमाडौं उपत्यका प्रहरी कार्यालयको सम्वन्यमा क्यामरा जडान हुने उनले बताए।
अध्यक्ष शर्माले भने, ’दुर्घटना भइहाले पनि कानुनी दायराभित्र ल्याउन सहयोग पुर्याउनेछ । ’

कोरोना महामारीपछि अहिले बल्ल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको समेत उनले बताए। ’आगन्तुक होटल’ का सञ्चालक समेत रहेका शर्माका अनुसार ठमेलका होटलहरू लगभग ८० प्रतिशत भरिएका छन्।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्