October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गोविन्दराज जोशी समूह मोडियो रास्वपातिर प्रशन्न पोखरेल प्रशन्न पोखरेल काठमाडौं, चैत ३०

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १५:५0
गोविन्दराज जोशी समूह मोडियो रास्वपातिर प्रशन्न पोखरेल प्रशन्न पोखरेल काठमाडौं, चैत ३०

काठमाडौं । गोविन्दराज जोशी र उनका छोरा दीपकराजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतसँग भेटेर कुराकानी गरेका छन्।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ होटलमा बिहीबार बिहान जोशी र लामिछानेलगायत बीच भेटवार्ता भएको हो।

जोशी समूहसँग उपनिर्वाचन लगायतका विषयमा कुराकानी गरिएको रास्वपाका एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए।

‘उपनिर्वाचनमा उहाँहरूले तनहुँ-१ मा हाम्रा उम्मेदवार स्वर्णिम वाग्लेलाई नि:सर्त सहयोग गर्ने वचन दिनुभएको छ,’ रास्वपाका ती केन्द्रीय सदस्यले दाबी गरे।

जोशी नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री हुन्। उनलाई पार्टीले २०७५ मा अनुशासनको कारबाही गरे पनि गत चैत १९ गते कारबाही फुकुवा गरेको थियो। २०७४ मा तनहुँ १ मा कांग्रेसका तत्कालीन उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको जोशीमाथि आरोप थियो।

यो पनि: कांग्रेस र जोशी समूहबीच मिलेन कुरा

यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले धुम्बाराहीमा बोलाएर गोविन्दराजका छोरा दीपकराजसँग पनि छलफल गर्दै मिलेर जानुपर्ने बताएका थिए।

तर गोविन्दराजले बुधबार विज्ञप्ति निकालेर यो चरणका लागि कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेका थिए।

कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने गरेको आरोप जोशीको थियो।

कांग्रेससँग कुरा नमिलेपछि जोशीले आज रास्वपाका सभापतिलगायत नेताहरूसँग भेटेका छन्।

वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ मा रास्वपाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ।

गत मंसिर ४ को चुनावमा गोविन्दराज आफैं तनहुँ १ मा उम्मेदवार बनेका थिए। उनी रामचन्द्र पौडेलसँग पराजित भएका थिए। जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए।

यो पनि: देउवाले भेट्न धुम्बाराही बोलाए, जोशीले राखे पाँच माग

उपनिर्वाचनमा जोशी समूले उम्मेदवार उठाएका छैनन्। जोशी नेपाली कांग्रेस स्वतन्त्र समूहबाट राजनीतिमा क्रियाशील छन्।
दीपकराज पनि गत स्थानीय चुनावमा व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए। नेकपा एमालेले उनलाई समर्थन गरेको थियो। त्यसबेला दीपकराजले ११ हजार ८ सय २६ मत ल्याएका थिए।

रास्वपा सभापति लगायतसँग भएको भेटवार्ताबारे सोधिएको प्रश्नमा दीपकराजले उपनिर्वाचनबारे कुराकानी नभएको दाबी गरे।
‘स्वर्णिम साथी हो, साथीका रूपमा भेट भएको हो,’ जोशीले भने, ‘उपनिर्वाचनबारे खासै कुरा भएन।’

आफूहरूले तनहुँका मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न विज्ञप्ति नै जारी गरेर आग्रह गरिसकेको उनको भनाइ छ।

यो पनि: उपनिर्वाचनमा हामी चुप बस्ने निर्णय भएको छ: गोविन्दराज जोशी

‘हामीले हाम्रो आधिकारिक उम्मेदवार खडा गरेका छैनौं। तनहुँमा हामीहरू कुनै दल विशेषको सदस्य नभएकोले स्वतन्त्र छौं। कांग्रेसले उम्मेदवारप्रति गरेको छलकपट निर्वाचन परिणामपछि स्पष्ट हुनेछ। यसबारे हाम्रो कुनै टिप्पणी छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘मतदान गर्दा सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनौट गरेर मतदान गर्न पनि आफ्ना शुभेच्छुकहरूलाई आग्रह गर्दछौं।’

तनहुँ १ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई र नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएका छन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्