May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

अतिक अहमदको क्यामराको अगाडि हत्या

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १0:५६
अतिक अहमदको क्यामराको अगाडि हत्या

एजेनसी । उत्तर प्रदेशको प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफको शनिवार राती गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अतिक अहमद र उनका भाइको हत्या भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारी पत्रकार बनेर आएका थिए ।

तीनै आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् ।

योगी आदित्यनाथले पनि यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् । घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको छ ।

घटनाको विवरण दिँदै प्रयागराजका प्रहरी आयुक्तले भने, ‘अतीक अहमद र उनका भाइ अशरफलाई कानुनी आवश्यकताहरू पूरा गर्न स्वास्थ परीक्षणका लागि लगिएको थियो । त्यही क्रममा यो घटना भएको हो ।’

atik1अतिक अहमद र उनका भाइ अशरफमाथि आक्रमण हुँदा प्रहरीले उनीहरूलाई प्रयागराजको कोल्भिन अस्पतालमा स्वास्थ परीक्षणका लागि लगेको थियो ।

अस्पताल नजिकै प्रहरीले घेरिएका अतिक र असरफलाई पत्रकार बनेर आएका आक्रमणकारीले नजिकबाट गोली हानेका थिए र उनीहरूको मृत्युपछि धार्मिक नारा लगाएका थिए ।

प्रयागराजका प्रहरी आयुक्त रमित शर्माले भने, ‘पत्रकारले अतिक अहमद र उनका भाइसँग कुरा गरिरहेका थिए, त्यति नै बेला पत्रकारको रूपमा प्रस्तुत भएका आक्रमणकारीहरूले अचानक गोली चलाए । तीनै आक्रमणकारीलाई पक्राउ गरिएको छ ।’

प्रहरीका अनुसार घटनामा एक प्रहरी घाइते भएका छन् भने एक पत्रकार पनि सामान्य घाइते भएका छन् ।

आक्रमणपछि प्रहरीले अस्पताल वरपरको क्षेत्रमा नाकाबन्दी गरेको छ ।

atik2को हुन् आक्रमणकारी ?

प्रहरीका अनुसार यस घटनामा तीन आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ । यद्यपि प्रहरीले आक्रमणकारीको परिचय भने सार्वजनिक गरेको छैन ।

आक्रमणकारीको बारेमा सोधपुछ भइरहेको र थप विवरण आउने प्रहरीले जनाएको छ ।

atik3कसरी भयो हत्या ?

अतिक अहमदलाई प्रहरी सुरक्षामा गाडीबाट बाहिर निकालेर स्वास्थ्य परीक्षणका लागि लगिएको थियो । तीव्र रूपमा भएको घटनाक्रममा दुवै भाइको हत्या गरिएको छ ।

यसै क्रममा अस्पताल अगाडि उपस्थित पत्रकार अतिक र उनका भाइसँग कुरा गरिरहेका थिए, अचानक आएका आक्रमणकारीले उनीहरूमाथि नजिकबाट गोली प्रहार गरेका थिए । गोली चलेको यो घटना मिडियाको क्यामेरामा कैद भएको छ ।

घटनाको भिडियोमा अस्पतालको अगाडि प्रहरीको गाडी रोकिएको देख्न सकिन्छ, जहाँबाट पहिले अशरफ र अतिक ओर्लिन्छन् । अतिक र उनका भाइको हात हतकडीमा बाँधिएको थियो ।

भिडियोमा अतिक आफ्नो भाइसँग प्रहरीको बीचमा हिँडिरहेको देखिन्छन् । आफ्नो गाडीबाट ओर्लिएपछि एक पत्रकारले अतिकलाई आफ्ना छोरा असद अहमदको अन्त्येष्टिमा सहभागी हुन नसकेकोमा प्रश्न गर्छन् ।

atik4अतिक अहमद बोल्न थाल्छन् र भन्छन् – लिएर गएनन् त गएनन् । तर उनले केही भन्नु अघि नै क्यामेराको अगाडि एउटा पिस्तोल देखिन्छ । केही सेकेन्डमा, पहिले अतिक र त्यसपछि अशरफलाई धेरै नजिकबाट गोली हानिन्छ ।

यसपछि गोलीबारी सुरु भयो । दुवै दाजुभाइ भुईँमा ढल्छन् ।

अतिक अहमद र उनका भाइ अशरफ सांसद राजु पालको हत्या मामिलामा जेलमा बन्द थिए ।

हत्याका बेला अतिक अहमदका वकिल विजय मिश्रा पनि घटनास्थल नजिकै थिए । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘अतिक अहमद र अशरफलाई गाडीबाट निकालेर लैजाँदै गर्दा गोली चलेको आवाज आयो । गोली जसले चलाएको थियो प्रहरीले उनीहरूलाई तुरुन्त पक्राउ गरेको थियो । चारैतिर हल्लाखल्ला मच्चिएको थियो ।’

atik5दुई दिनअघि छोराको इन्काउन्टर

बिहीबार, अतिक अहमदका छोरा असद र उनका सहयोगी गुलाम मोहम्मदलाई झाँसीमा उत्तर प्रदेश प्रहरीको विशेष कार्य बलले मुठभेडमा मारेको थियो ।

असद र गुलामको अन्तिम संस्कार शनिवार नै प्रयागराजमा भएको थियो ।

युपी पुलिसका अनुसार असद र गुलाम उमेश पालको हत्यामा वान्टेड थिए र दुवैमाथि पाँच लाख भारु इनाम घोषणा गरिएको थियो ।

atik6उत्तर प्रदेश सरकारको निशानामा अतिक

उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले माफिया र अपराधीविरुद्ध कडा कारबाही सुरु गरेको छ ।

पछिल्लो छ वर्षको अवधिमा गरिएको कारबाहीमा अतिक अहमदको समूहका धेरै सदस्य पक्राउ परेका छन् ।

अतिक अहमद र उनीसँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति या त युपी सरकारले जफत गरेको छ वा सम्पत्ति ध्वस्त पारेको छ ।

एक अनुमानका अनुसार, अतिक र उनको समूहका व्यक्तिहरूको करिब ८०० करोडको सम्पत्ति सरकारले कि त जफत गरेको छ कि ध्वस्त पारेको छ ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।