April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

केपी ओली धान रोप्दै

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १0:३३
केपी ओली धान रोप्दै
  • केपी ओलीले नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने
  • असार १५ भएकोले केरा, दहीचिउरा खाने व्यवस्था

चितवन ।।

असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् ।

विहीबार दिउँसो चितवन आएका ओलीले भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेर १५ असार मनाउने कार्यक्रम रहेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । धान रोपाइँ कार्यक्रममा पार्टीको ब्यानर र झण्डा बोकेर कोही पनि नजाने न्यौपानेले बताए ।

एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले धान रोपाइँको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार करिब ३ विघा जग्गामा धान रोपाइँ गर्ने कार्यक्रम छ । बोरिङ्गबाट तानिएको पानीले खेत भिजाइएको छ । ‘बाउसे, अन्य रोपाहारहरु पनि हुन्छन्, पन्चैबाजा बजाउने, असारे भाका गाउने, लोक दोहोरी सुन्ने रमाउने कार्यक्रम पनि छ’ महासंघका अध्यक्ष दंगालले भने, ‘असार १५ भएकोले केरा, दहीचिउरा खाने व्यवस्था पनि स्थानीयवासिन्दाले मिलाउनुभएको छ ।’

ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिरया गर्ने र छोटो अनौपचारिक सम्वोधन पनि गर्ने कार्यक्रम तय भएको छ । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको किसान महासंघका अध्यक्ष दंगालले जानकारी दिए ।

खेत रोप्न जानु अगाडि एमाले अध्यक्ष ओलीले जगतपुरमा रहेको व्यवसायी यज्ञ सुवेदीको केरा फर्मको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । सुवेदी चितवनका पुराना केरा व्यवसायी हुन् । बोटमा नै पाकेका केरा ओलीलाई खुवाउने भनेर राखेको सुवेदीले बताए । केरा फर्ममा एमाले अध्यक्ष ओली आउन लागेकोमा आफूलाई खुसी लागेको उनले बताए ।

रोपाइँ कार्यक्रम पछि भने ओली रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा त्यहाँका कृषिका विद्यार्थी, कृषि विज्ञ तथा प्राविधिकहरूसँग अन्तर्क्रिरया गर्ने कार्यक्रम तय गरिएको छ । त्यस कार्यक्रमलाई सहजीकरण गर्न पूर्व मिस नेपाल सुगरिका के.सी. र टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी चितवन आउने कार्यक्रम छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।