July 19, 2024 | शुक्रबार, साउन ४, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

‘जारी’ फिल्म पाइरेसी भएपछि निर्माताले दिए उजुरी

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १२:२६
‘जारी’ फिल्म पाइरेसी भएपछि निर्माताले दिए उजुरी

काठमाडौं । अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् । अहिले सामाजिक सञ्जालमा यो फिल्मका दृश्यहरु छ्याप्छ्याप्ती हालिएको छ ।

दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ । निकै आक्रामक कमाइ गरिरहेको फिल्मका लामा–लामा दृश्य पनि टिकटकमा हालिएको छ । यसअघि पनि छक्कापञ्जा ४ पाइरेसी भएको भन्दै निर्माताले साइबर ब्युरोमा उजुरी दिएका थिए । पछि प्रहरीको तदारुकतामा पाइरेसी गरिएका एकाउन्टबाट ती दृश्य हटाइएको थियो ।

पछिल्लो समय सामाजिक सञ्जालबाट हुने फिल्म पाइरेसी निर्मातालाई हैरानीको विषय बनिरहेको छ भने ठूलो आर्थिक क्षति पनि पुगेको निर्माता संघले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्