May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कृष्ण सिटौलाको जिल्ला दौड सकिँदै, जित्नेमा ढुक्क

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० ११:0२
कृष्ण सिटौलाको जिल्ला दौड सकिँदै, जित्नेमा ढुक्क

काँग्रेस नेता तथा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशको जिल्ला दौडाह शुक्रबार समापन गर्दैछन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गत पुस २३ गते मनोनयन गरेसँगै सिटौलाले कोशी प्रदेशको जिल्ला दौडाह सुरु गरेका थिए ।

उनले हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर, धनकुटा, भोजपुर, दिक्क्तेल र ओखलढुङ्गाको कार्यक्रम सकेका छन् । अब बाँकी सोलुखुम्बु रहेको छ । सोलुखुम्बुमा शुक्रबार कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षले मतदान गर्नेछन् । उनीहरुलाई भोट माग्ने र आफ्नो स्थितिको आँकलन गर्न सिटौलाले अभियान संचालन गरेका हुन् ।

‘भोली सोलुखुम्बुमा कार्यक्रम आयोजना गरिएको छ । सोलु बाहेक आजसम्ममा १० वटा कार्यक्रम सकिएको छ,’ काँग्रेस कोशी प्रदेशका सभापति उद्धब थापाले भने, ‘मतभारले गठबन्धन नै अगाडि छ । समस्या हुँदैन । चलखेल भएपनि हामीलाई जितबाट रोक्न कसैले सक्दैन ।’

उनले यो पटक सिटौलालाई जिताउन काँग्रेस एकढिक्का रहेको पनि दाबी गरे । ‘समग्रमा रेस्पोन्स राम्रो छ । काँग्रेसभित्र गुटबन्दी पनि देखिएको छैन । उहाँलाई काँग्रेसले एक ढिक्का भएर सहयोग गर्छ । गठबन्धनका अरु दलमा पनि कुनै समस्या देखिएको छैन,’ थापाले भने ।

सिटौलालाई केही समय अगाडिसम्म काँग्रेस नेता डाक्टर शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मानिकटकाहरुबाट असहयोग हुने हो कि भन्ने आशङ्का थियो । तर, जिल्ला–जिल्लामा भएको कार्यक्रमबाट उक्त आशङ्का र भ्रम मेटिएको थापाले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?