sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बाँझो जमिनको तिरो तिर्न भारतमा नोकरी

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:१२
बाँझो जमिनको तिरो तिर्न भारतमा नोकरी

बाजुरा । सिँचाइ अभावका कारण बाजुराका अधिकांश ठाउँको जमिन बर्सेनि बाँझो रहने गरेको छ। नौवटै स्थानीय तहमा खेती गर्ने जमिन प्रशस्त भए पनि सिँचाइको अभावका कारण जमिन बर्सेनि बाँझो रहने गरेको हो। उब्जाउ जमिन हिउँद र बर्खामै बाँझो रहँदै आएपछि यहाँका स्थानीयले भोकमरीको समस्या झेल्दै आउनु परेको छ। गाउँमा कमाइखाने जमिन प्रशस्त भए पनि त्यो जमिनमा सिँचाइ नहुँदा खेती गर्न नसकिएको स्थानीय बताउँछन्।

बूढीगङ्गा नगरपालिका–१० का स्थानीय मनबहादुर सार्कीले आफूसँग प्रशस्त जमिन भए पनि खेती गर्न सिँचाइ नहुँदा बाँझो राख्नु परेको बताउनुहुन्छ। उहाँले सिँचाइको अभावले सधैँ जमिन बाँझो राख्नु परेको छ तर पनि बाँझो जमिनको कर भने स्थानीय सरकारलाई बुझाउँदै आउनुभएको छ। भारतबाट कमाइ गरेर बाँझो जमिनको पनि कर बुझाउने गरेको उहाँले बताउनुभयो।

वर्षांैदेखि खानेपानीको समस्या २०७८ सालमा बल्ल समाधान भयो। अब कतैबाट यो जमिनमा हिउँद बर्खा सिँचाइको व्यवस्था हुन पाए पेट पाल्नकै लागि भारतमा जानुपर्ने थिएन, सार्कीले भन्नुभयो।

बर्खा सुरु भयो, सिँचाइको सुविधा भएको भए धान खेती गर्नु हुन्थ्यो, जमिन छ, सिँचाइ छैन, आकाशे पानीको भरमा असार–साउनमा त्यो जमिनमा कोदो रोप्ने गरेका जगनाथ गाउँपालिका–२ का असारे सार्कीले बताउनुभयो। आकाशबाट पानी नपरेपछि कोदो पनि सुकेर झुरीमरी हुने गर्छ, जमिन भएर पनि सिँचाइ नहुँदा भोकमरी झेल्नु परेको बाजुरावासी बताउँछन्। बाजुराको पूर्वी उत्तर क्षेत्रका स्थानीय तहमा खाद्यान अभाव हुने गर्छ। बाजुरामा करिब १६ हजार ७६५ हेक्टर जमिन भने सिँचाइ नहुँदा सधैँ बाँझो रहँदै आएको छ।

जगनाथ गाउँपालिका–२ का वडा अध्यक्ष धनवीर सार्कीले लुमा र हुनीको करिब सात सय हेक्टरभन्दा बढी जमिन सिँचाइको अभावका कारण बाँझो रहँदै आएको बताउनुभयो। सिँचाइ नभएर जमिन बाँझो रहने गरेकाले यहाँका स्थानीय पेट पाल्नका लागि रोजगारी गर्न भारत जाने गरेका छन्। गाउँपालिका वा वडा पालिकाको रकमले सिँचाइ कुलो ल्याउन नसक्ने अवस्था छ।

बाजुराको नौवटै स्थानीय तहमा करिब दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य भए पनि पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभरि सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र, बाजुराले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid