April 3, 2025 | बिहिबार, चैत्र २१, २०८१
सुचनाहरु
सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई

बाँझो जमिनको तिरो तिर्न भारतमा नोकरी

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:१२
बाँझो जमिनको तिरो तिर्न भारतमा नोकरी

बाजुरा । सिँचाइ अभावका कारण बाजुराका अधिकांश ठाउँको जमिन बर्सेनि बाँझो रहने गरेको छ। नौवटै स्थानीय तहमा खेती गर्ने जमिन प्रशस्त भए पनि सिँचाइको अभावका कारण जमिन बर्सेनि बाँझो रहने गरेको हो। उब्जाउ जमिन हिउँद र बर्खामै बाँझो रहँदै आएपछि यहाँका स्थानीयले भोकमरीको समस्या झेल्दै आउनु परेको छ। गाउँमा कमाइखाने जमिन प्रशस्त भए पनि त्यो जमिनमा सिँचाइ नहुँदा खेती गर्न नसकिएको स्थानीय बताउँछन्।

बूढीगङ्गा नगरपालिका–१० का स्थानीय मनबहादुर सार्कीले आफूसँग प्रशस्त जमिन भए पनि खेती गर्न सिँचाइ नहुँदा बाँझो राख्नु परेको बताउनुहुन्छ। उहाँले सिँचाइको अभावले सधैँ जमिन बाँझो राख्नु परेको छ तर पनि बाँझो जमिनको कर भने स्थानीय सरकारलाई बुझाउँदै आउनुभएको छ। भारतबाट कमाइ गरेर बाँझो जमिनको पनि कर बुझाउने गरेको उहाँले बताउनुभयो।

वर्षांैदेखि खानेपानीको समस्या २०७८ सालमा बल्ल समाधान भयो। अब कतैबाट यो जमिनमा हिउँद बर्खा सिँचाइको व्यवस्था हुन पाए पेट पाल्नकै लागि भारतमा जानुपर्ने थिएन, सार्कीले भन्नुभयो।

बर्खा सुरु भयो, सिँचाइको सुविधा भएको भए धान खेती गर्नु हुन्थ्यो, जमिन छ, सिँचाइ छैन, आकाशे पानीको भरमा असार–साउनमा त्यो जमिनमा कोदो रोप्ने गरेका जगनाथ गाउँपालिका–२ का असारे सार्कीले बताउनुभयो। आकाशबाट पानी नपरेपछि कोदो पनि सुकेर झुरीमरी हुने गर्छ, जमिन भएर पनि सिँचाइ नहुँदा भोकमरी झेल्नु परेको बाजुरावासी बताउँछन्। बाजुराको पूर्वी उत्तर क्षेत्रका स्थानीय तहमा खाद्यान अभाव हुने गर्छ। बाजुरामा करिब १६ हजार ७६५ हेक्टर जमिन भने सिँचाइ नहुँदा सधैँ बाँझो रहँदै आएको छ।

जगनाथ गाउँपालिका–२ का वडा अध्यक्ष धनवीर सार्कीले लुमा र हुनीको करिब सात सय हेक्टरभन्दा बढी जमिन सिँचाइको अभावका कारण बाँझो रहँदै आएको बताउनुभयो। सिँचाइ नभएर जमिन बाँझो रहने गरेकाले यहाँका स्थानीय पेट पाल्नका लागि रोजगारी गर्न भारत जाने गरेका छन्। गाउँपालिका वा वडा पालिकाको रकमले सिँचाइ कुलो ल्याउन नसक्ने अवस्था छ।

बाजुराको नौवटै स्थानीय तहमा करिब दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य भए पनि पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभरि सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र, बाजुराले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट