April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

१४ किलो सुन अनुसन्धानमा खटियो सीआईबी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १५:३६
१४ किलो सुन अनुसन्धानमा खटियो सीआईबी
  • सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबी जोडियो 
  • चन्द्रबहादुर घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद
  • सदस्यीय छानबिन समिति समेत नै गठन गरियो 

काठमाडौं ।।

त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि जोडिएको छ । मंसिर २१ मा दुबईबाट नेपाल आएका गोरखा बारपाकका चन्द्रबहादुर घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको थियो ।

पक्राउ गरेलगत्तै चन्द्रले सुन गोरखाकै मीनबहादुर घलेको भएको बयान दिएपछि प्रहरी र भन्सार कार्यालयले उनलाई समेत पक्राउ गरेको हो । हाल भन्सार कार्यालयले सुन तस्करीको छानबिन गर्न भन्सार प्रमुख उपसचिव मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति समेत नै गठन भएको थियो ।

जसमा विमानस्थल प्रहरी कार्यालयका डीएसपी सूर्यप्रकाश सुवेदीसहित भन्सार अधिकृत मञ्जु थापा, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना सदस्य छन् । सोही समितिलाई सहयोग गर्न सीआईबीले समेत प्राविधिक विश्लेषण गर्ने टोली खटाएको हो । सीआईबीले सुनसहित पक्राउ परेकाहरूको मोबाइल फोनको कल डिटेल र प्राविधिक विश्लेषण गर्नेछ ।

१४ किलो सुन तस्करी प्रकरणमा हाल चन्द्रबहादुर, मीनबहादुर र विमानस्थलमा सरसफाइ गर्ने  तीन कर्मचारी पक्राउ परेका छन् । भन्सारले सरसफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको छ । उनीहरूमाथि अझै अनुसन्धान जारी छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।