sweet bonanza
January 23, 2026 | शुक्रबार, माघ ११, २०८२
सुचनाहरु
Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को

दशगजामै अवैध बाँध निर्माण गर्दै भारत, नेपालका गाउँ नै डुबानमा पर्ने

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १२:३२
दशगजामै अवैध बाँध निर्माण गर्दै भारत, नेपालका गाउँ नै डुबानमा पर्ने

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका ५ स्थित दशगजामा भारतीय पक्षले अवैध ढंगले बाँध निर्माण गरिरहेको छ । स्थानीय जनप्रतिनिधि र प्रहरीले अवैध ढंगले बाँध नबनाउन गरेको आग्रह भारतीय पक्षले अस्वीकार गरेको हो ।

औरही भएर गागन नदी भारततर्फ बग्छ । उक्त नदीलाई नेपालतर्फ फर्काउन भारतीय पक्षले विगत एक सातादेखि दशगजामै अवैध बाँध निर्माण गरिरहेको छ । बाँध निर्माणका लागि दर्जनौँ मजदुर, जेसिबी र ट्याक्टर रातदिन खटिरहेका छन् ।

अवैध बाँध निर्माण भइरहेको थाहा पाएपछि शुक्रवार सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट इटाटारका इन्सपेक्टर उमेश काफ्ले, प्रहरी चौकी औरहीका प्रहरी नायब निरीक्षक मेघराज अधिकारी र औरही गाउँपालिका अध्यक्ष शिवजी यादव भारतीय पक्षसँग छलफल गरेका थिए ।

छलफलमा दशगजादेखि ५० मिटरभित्र बाँध निर्माण गर्न नहुने निष्कर्ष निकाल्दै निर्माण भएको बाँध भत्काउने सहमति भएको थियो । लगत्तै भारतीय पक्षले निर्माण गरेको करिब १ सय मिटर बाँध जेसिबीले हटाउन लगाइयो । तर आइतबार बिहानबाट भारतीय पक्षले पुनः सोही ठाउँमा बाँध निर्माण सुरु गरेको छ ।

सहमति विपरीत भारतीय पक्षले पुनः बाँध निर्माण सुरु गरेपछि आइतबार सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद कुमार भारती त्यहाँ पुगेका थिए ।

उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीसँग छलफल गरे । एसपी भारतीले तत्काल बाँध निर्माण नगर्ने र छलफल पश्चात् अन्तिम निष्कर्षमा पुग्ने भनेको जानकारी दिए ।

उनले भने, ‘एसएसबीका अधिकारीसँग सकारात्मक कुरा भएको छ । तत्कालका लागि बाँध निर्माण पनि रोकियो । यसबारे भोली थप छलफल गर्ने कुरा भएको छ ।’ दशगजामा बाँध निर्माण गर्न मिल्दैन र गर्न पनि नदिने उनको भनाई छ ।

बाँध निर्माण भइरहेको दशगजा क्षेत्र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने मोतनाजे र नेपालको औरही गाउँपालिका ५ अन्तर्गत पर्छ । नेपाली भूमि र बस्ती डुबाउन बाँध निर्माण भइरहेपछि औरहीबासी चिन्तित बनेका छन् ।

औरही ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले गागन नदी नेपालतर्फ फर्काउन भारतीयले दादागिरी शैलीमा अवैध ढंगले बाँध निर्माण गरिरहेको बताए । उनका अनुसार करिब दुई सय मिटर बाँध निर्माण गरिरहेको छ ।

बाँध निर्माण रोक्न उनले सरकारसँग पनि आग्रह गरे । उनले भने– प्रहरीले तत्काल एक्सन लिनुपर्छ । हामी गाउँले पनि सहयोग गर्न तयार छौँ ।

गागन नदीमा वर्षेनी आउने बाढीले आधा दर्जन गाउँका सयौँ बिघा जग्गा बगर बनेको छ । तर अहिले भारतीय पक्षले निर्माण गरिरहेको अवैध बाँधका कारण नेपालका हजारौँ बिघा उब्जाउ जग्गा बगरमा परिणत मात्र हुने छैन, दर्जनौँ गाउँ डुबानमा पर्नेछ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid