May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कोशी प्रदेश सभामुखको लेटरप्याड काँग्रेस सांसद मन्सुरीले गरे दुरुपयोग

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १६:३४
कोशी प्रदेश सभामुखको लेटरप्याड काँग्रेस सांसद मन्सुरीले गरे दुरुपयोग
  • कोशी प्रदेशसभाको सभामुख पद गत साउन १६ गतेदेखि खाली
  •  गल्ती भएको भए बुझेर सच्याउँछु ,मन्सुरी
  • मन्सुरीले आफ्नो निर्वाचन क्षेत्रमा झण्डै ३९ करोड बराबरको ४४ योजना पार्न सफल
  • अध्यक्ष मण्डलको हैसियतमा सभाको अध्यक्षता गरेपनि मन्सुरी सभामुख हैनन्

काठमाण्डौ  । कोशी प्रदेशसभाको सभामुख पद गत साउन १६ गतेदेखि खाली छ । तर, काँग्रेस सांसद इस्राइल मन्सुरीले भने सभामुखको लेटरप्याड दुरुपयोग गर्दै एक पत्र सार्वजनिक गरेका छन् ।मन्सुरीले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरुको विस्तृत विवरण सभामुखको लेटरप्याडमा आफ्नो नाम राखेर हस्ताक्षरसहित सार्वजनिक गरेका हुन् । पत्रमा माननीय इस्राइल मन्सुरी, सभामुख कोशी प्रदेशसभा, नेपाल लेखिएको छ ।

मन्सुरीले आफ्नो निर्वाचन क्षेत्रमा झण्डै ३९ करोड बराबरको ४४ योजना पार्न सफल भएको जनाएका छन् । उनी प्रदेशसभामा अध्यक्ष मण्डलका सदस्य हुन् । सभामुख र उपसभामुखको अनुपस्थिति हुँदा अध्यक्ष मण्डलका सदस्यलाई सभा सञ्चालनको जिम्मेवारी हुन्छ ।

उपसभामुख सिर्जना दनुवार क्यानडा भ्रमणमा गएको बेला मन्सुरीलाई प्रदेशसभा चलाउन अनुमति दिएकी थिइन् । अध्यक्ष मण्डलमा मन्सुरीसँगै, एमालेका रोहितबहादुर कार्की, माओवादीका गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट पनि सदस्य छन् ।

अध्यक्ष मण्डलको हैसियतमा सभाको अध्यक्षता गरेपनि उनी सभामुख हैनन् । उनले लेटरप्याटमा सभामुख लेख्न पाउँदैनन् । सभामुखको अनुपस्थितिमा उनको सबै काम गर्दै आएकी उपसभामुख सिर्जना दनुवारले आफ्नो लेटरप्याटमा उपसभामुख नै लेख्दै आएकी छिन् ।

लेटरप्याडमा समामुख लेखेको बारेमा मन्सुरीले आफूले सभामुखकै हैसियतमा बजेट प्रमाणिकरण गरेकोले लेटरप्याडमा सभामुख लेखेको बताए । ‘सभामुखकै हैसियतमा सभा सञ्चालन गरेँ र बजेट प्रमाणिकरण गरें’ उनले भने, ‘त्यहि भएर लेटरप्याडमा सभामुख लेखिएको होला, गल्ती भएको भए बुझेर सच्याउँछु ।’
२०७९ पुस २८ गते सभामुखमा निर्विरोध निर्वाचित भएका बाबुराम गौतमले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका लागि बहुमत पुर्याउन राजीनामा दिएका थिए । गौतमले राजीनामा दिएको ४ महिनापछि प्रदेशसभामा सभामुख चयनको विषयमा औपचारिक छलफल मात्रै सुरु हुँदैछ ।

प्रदेशसभाको बैठकमा भने सांसदहरुले सभामुख चयनको प्रक्रिया अगाडि बढाउन माग गर्दै आएका छन् । संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उप–सभामुखको चयन प्रक्रिया उल्लेख छ । उक्त धाराको उपधारा (३) मा सभामुख वा उप–सभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभामा सभामुख पद रिक्त रहँदा एमालेबाट उप–सभामुख निर्वाचित सिर्जना दनुवारले सभामुखको पनि भूमिका निर्वाह गरिरहेकी छन् ।

यसअघि काँग्रेस संसदीय दलका नेता उद्धब थापा नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिने बैठक पनि अध्यक्ष मण्डलको सदस्यको हैसियतमा मन्सुरीले सञ्चालन गरेका थिए । बैठकको अध्यक्षता गरेको आसनमा अध्यक्ष मण्डलकी सदस्य गिता तिम्सिनालाई बोलाएर उनले थापालाई विश्वासको मत दिएका थिए । उनको मतलाई सर्वोच्च अदालतले खारेज गर्दै थापालाई मुख्यमन्त्रीबाटै बर्खास्त गरेको थियो ।

 

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।