October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

धनगढीको ६ लेन सडकमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक संकेत

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:0३
धनगढीको ६ लेन सडकमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक संकेत

धनगढी। धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ ।

६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो ।

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीसहित ट्राफिक प्रहरीले धनगढी चौराहदेखि मिलनचोक, बोराडाँडी, राजपुरखण्डमा सांकेतिक चिह्न अंकित बोर्ड लगाइरहेका छन् ।

प्रमुख ट्राफिक प्रहरी निरीक्षक जोहोरीले ६ लेन सडकमा जथाभावी रुपमा लेन प्रयोग गरिन थालेपछि दुर्घटनाको जोखिम बढेको र त्यसलाई न्यूनीकरण गर्दै लेन प्रयोगमा एकरुपता ल्याउन सडक क्षेत्रमा सांकेतिक चिन्ह्रहरु राख्न लागिएको जानकारी दिए ।सांकेतिक चिह्नले मानिसमा सही लेन प्रयोगको ज्ञानसँगै दुर्घटनाको जोखिम पनि कम गर्ने जोहोरीको विश्वास छ ।

प्रहरीले सडक क्षेत्रमा राखिरहेका सांकेतिक चिह्नसहितका बोर्ड भने धनगढी उपमहानगरपालिकाले तयार गरेर हस्तान्तरण गरेको थियो ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्