April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

नयाँ किरण कमल कुसुम मावि चितवनको मतदान अवरुद्ध

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १३:५0
नयाँ किरण कमल कुसुम मावि चितवनको मतदान अवरुद्ध

चितवन – चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले बुथ अबलोकन गर्न जाँदा भरतपुर ११ मा आफूहरुमाथि आक्रमण भएको बताए ।

रवि लामिछाने मतदानस्थल पुगेपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए । रविका समर्थकले नाराबाजी गरेपछि अन्य दलका समर्थकहरूले मतदान भइरहेका बेला नाराबाजी गर्न नपाइने बताएपछि विवाद सृजना भएको थियो। त्यसपछि करिब १ घन्‍टा मतदान स्थगित भएको थियो।

सर्वदलीय बैठक बसेर मतदान सञ्चालन गर्ने तयारी भइरहेका बेला कांग्रेस र नेकपा एमालेले प्रतिनिधि बस्न मानेनन्। प्रतिनिधिविना मतदान सञ्‍चालन गर्न खोजेपछि कांग्रेस र एमालेले अवरोध गरेपछि अहिले मतदान रोकिएको हो।

मतदान प्रक्रिया सुरू गर्नेबारे छलफल भइरहेको छ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।