April 21, 2025 | सोमवार, बैशाख ९, २०८२
सुचनाहरु
पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली  शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना? शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने

एक नागरिकको मृत्यु, एक वेपत्ता, एकको जिवितै उद्दार

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १४:३८
एक नागरिकको मृत्यु, एक वेपत्ता, एकको जिवितै उद्दार

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । एकजना वेपत्ता छन् भने अर्का एकजनाको हेलिकोप्टरमार्फत् जिवितै उद्दार गरिएको छ । आरोहणमा गएका तीनैजना भारतीय नागरिक हुन्।
भारतका बालजितको सात हजार ५०० मिटर उचाईबाट कैलाश एयरको हेलिकोप्टरले मंगलबार दिउँसो उद्दार गरिए उद्दारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनी काठमाडौंको पायनर ट्रेकिङ कम्पनीमार्फत् अन्नपूर्ण आरोहणमा गएका थिए । शेरचनका अनुसार सेभेन समिट ट्रेकबाट आरोहणमा भएका नोयल नाम गरेका आरोहीको शव छ हजार मिटरको उचाईबाट आज दिउँसो आधार शिविरमा झारिएको छ ।

नोयल र बालजित मंगलबार बिहानदेखि बेपत्ता भएका थिए । सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन् । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईका अनुसार आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार ५०० मिटरको उचाईबाट वेपत्ता भएका थिए ।

उद्दार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । वेपत्ताको खोजीमा सिम्रिक,कैलाश, एयर अल्टिच्युट र एभरेष्ट एयरका चारवटा हेलिकोप्टर परिचालन भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरू भएको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट