July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:४३
जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट

जाजरकोट । प्रहरीले जाजरकोटमा अफिम खेती नष्ट गर्ने अभियान चलाएको छ । वैशाख ७ बाट प्रहरीले जाजरकोटको विभिन्न भू–भागमा फैलिएको अफिम खेती नष्ट गरिरहेको छ ।
नलगाड गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा करिब १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट गरिएको जाजरकोटका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए ।

इन्स्पेक्टर सुनिल थापा नेतृत्वको टोलीले नलगाढ नगरपालिका–३ चाउलेचौर, दारेलेख, पाखा, करुवा सानोबन, सानोछाप र नौखालीमा अवैध रुपमा खेती गरिएको र आफैं उम्रिएको
अफिम नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दल्लीसँगको समन्वयमा ३ दिनसम्म बसेर इन्स्पेक्टर नेतृत्वको टिमले अफिम नष्ट गरेको डिएसपी रोकाले जानकारी दिए ।
जुनिचाँदे गाउँपालिका–७ स्थित निपाने र भेरी नगरपािलका–२ स्थित डिंगा थलह तथा बारेकोट गापाको वडा नम्बर ८ बनलेपाटा लगायतका ठाउँमा फैलिएको अफिम नष्ट गरिएको छ ।
अफिम नष्ट गर्न ६४ जना प्रहरी परिचालन गरिएको थियो । अफिम प्राकृतिक रुपमा उत्पादन हुने झार हो । अफिमबाट हेरोइन, ब्राउन सुगरजस्ता लागुऔषध बनाइन्छ ।
महंगो मूल्यमा कारोबार हुने लागुऔषधको कच्चा पदार्थको रुपमा प्रयोग हुने अफिमलाई फडानी गर्दा आगुऔषध दुव्र्यसन र त्यसको कारोबार नियन्त्रण गर्न सकिने डिएसपी रोकाले बताए ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्