April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

मिटरब्याज पीडितको धर्नामा भएको धरपकडप्रति मानव अधिकार आयोगको आपत्ति

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १५:२६
मिटरब्याज पीडितको धर्नामा भएको धरपकडप्रति मानव अधिकार आयोगको आपत्ति

काठमाडौं । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितहरुमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवं धरपकड गरिएको घटनाप्रति गम्भीर भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

आयोगले शान्ति वाटिकामा शान्तिपूर्ण धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लागाइएको र सोही क्रममा झडप भएको अनुगमनका क्रममा पाइएको पनि प्रस्ट पारेको छ । सो क्रममा धर्नामा रहेका व्यक्तिहरुलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितहरुले प्रयोग गरिरहेको खाना पकाउने ग्याँस, खाद्यान्नलगायतका सामग्रीहरु जबरजस्ती लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धाहरुलाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगेर कुटपिट गरिएकोे आयोगको भनाइ छ ।

प्रहरीको कुटपिटबाट घाइते भई काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत व्यक्तिहरु, अस्पताल प्रशासन तथा महानगरीय प्रहरीवृत्त दरबारमार्गमा राखिएका व्यक्तिहरुलाई समेत अयोगको अनुगमन टोलीले भेट गरी जानकारी लिएको आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘घाइतेहरुमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीन जना गम्भीर घाइते भएको आयोगको अनुगमनको क्रममा पाइएको छ ।’

उल्लिखित घटनाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९, नेपालको संविधानको धारा १७  एवम् नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ मा उल्लेखित नागरिकको मर्यादित रुपमा विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्ने स्वतन्त्रताको गम्भीर उल्लंघन भएको आयोगको ठहर छ ।

आयोगले भनेको छ, ‘नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचारहरु राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीहरुमाथि अत्यधिक बल प्रयोग नगर्न, घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्या समाधान गर्न आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’ आयोगले विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रुपमा गर्न धर्नामा बसेकाहरुलाई समेत अनुरोध गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट