March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा

मिटरब्याज पीडितको पक्षमा वृहत नागरिक आन्दोलनले मार्च पास गर्ने

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १७:३८
मिटरब्याज पीडितको पक्षमा वृहत नागरिक आन्दोलनले मार्च पास गर्ने

काठमाडौं । मिटरब्याज पीडितहरुमाथि प्रहरीले गरेको दमनविरुद्ध  वृहत नागरिक आन्दोलनले बुधबार ‘मानव अधिकार मार्च पास’ गर्ने भएको छ ।

मिटरब्याज पीडितहरुमाथि वैशाख ४ गते प्रहरीले अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्‍दै  मानव अधिकार मार्च पास गर्न लागेको हो ।

साथै आन्दोलनले मानव-अधिकार उलङ्घन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गरेको छ ।

मंगलबार विज्ञप्तिमा भनिएको छ, ‘ शान्तिवाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट मात्र गरेन, उपचार गर्नुपर्ने बिरामीलाई दिनभरि हिरासतमा थुन्ने कार्य समेत गर्‍यो। नागरिकलाई सुरक्षा दिनुपर्ने भूमिकामा रहेको प्रहरीले शान्तिवाटिकामा भएको किसानका भान्छामा क्षति पनि पुर्यायो । यो घटना गम्भीर मानव–अधिकारको हनन् हो । यसरी मानव–अधिकार उलङ्घन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गर्दछौं ।’

जारी विज्ञप्ति अनुसार आन्दोलनले बुधबार शान्तिवाटिकादेखि संसद भवनसम्‍म मार्च पास गरिने छ । मार्च पासमा सहभागी हुन  सबै नागरिकमा आह्वान समेत गरिएको छ ।

‘सरकार, दलहरूलगायत सबैलाई जिम्मेवार बन्न आह्वान गर्दै बृहत् नागरिक आन्दोलनको नेतृत्वमा यही वैशाख ६ गते आयोजना गरिएको ‘मानव–अधिकार मार्च‘मा सहभागी हुन आम नागरिक सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १७:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट