May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

‘युवराज सफल’लाई हदैसम्मको कारबाही गर्न कांग्रेस सांसद बडूको माग

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:५५
‘युवराज सफल’लाई हदैसम्मको कारबाही गर्न कांग्रेस सांसद बडूको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले युवराज पौडेल ९सफल०लाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले सदनसमक्ष आफ्नो गम्भीर धारणा राख्न चाहेको उल्लेख गर्दै निज सफलले आफ्नो चरित्रहत्या गरेकोले सभामुख मार्फत कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

वैशाख ५ गते एक आमसञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सिन्धुली निवासी युवराज पौडेल सफलले दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएको समाचार छापिएको र त्यसमा आफ्नो नाम समेत जोडेर सम्प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भने,‘मेरो सन्दर्भमा यस्तो आरोप पूर्णतया झुटा, आधारहीन र दुराशययुक्त प्रायोजित समाचारप्रति म गहिरो दुःख र खेद व्यक्त गर्दै विरोध जनाउँछु र घोर भर्त्सना गर्दछु । ममाथि लगाइएको उक्त आरोप पुष्टि गर्न म ठाडो चुनौती दिन चाहन्छु ।’

उनले अगाडि भने,‘यसरी सम्प्रेषित समाचारले म जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पु¥याएको छ भने मैले पटक पटक मेरो सार्वभौम मुलुकको मन्त्रीपरिषदको जिम्मेवारी निभाइसकेको सन्दर्भमा मेरो देशको स्वाभिमानमाथि समेत अपूरणीय क्षति पु¥याउन सक्ने भएकोले यस्ता तथ्यहीन कुराका उजुरीकर्ता र सत्यतथ्य खोजी नगरी आचारसंहिता विपरीत र दुराशययुक्त तथ्यहीन समाचार सम्प्रेषणकर्ताहरू समेतलाई यथाशीघ्र छानबिन गरी हदैसम्मको कानुनी कारबाही गरिपाउन र सत्यतथ्य संसद्लाई जानकारी गराउन समेत सभामुख मार्फत नेपाल सरकार सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट