June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

इनरुवा–५ मा राजस्वका नाममा लुट ! घरबाटो सिफारिसमा सर्जमिन दस्तुर ?

  • साझा परिवेश
  • शुक्रबार, माघ २७, २०७९ १८:३९
इनरुवा–५ मा राजस्वका नाममा लुट ! घरबाटो सिफारिसमा सर्जमिन दस्तुर ?


इनरुवा माघ २७ । सुनसरीको इनरुवा नगरपालिका अन्तर्गतको वडा नं. ५ हिजोसम्म कम्युनिष्ट गढका रुपमा परिचित थियो । उक्त पार्टीले जोकोहीलाई उठाए पनि अरु पार्टीले आसै नगर्ने वडा । त्यस्तो वडामा यसपल्ट कांग्रेसले बाजी मा¥यो वडाध्यक्षमा । वडाध्यक्षले पनि जिताउने हातहरुलाई र सम्पूर्ण वडाबासीप्रति कृतज्ञता प्रकट गरेकै हुन ।
वडाध्यक्षमा जितेका अनिल पोखरेलले वडामा नमूना काम गरेर देखाउने भन्दै पनि आएका थिए । सहीमा पछिल्लो समय उनले नमूना काम गरेर देखाउन सफल भएका छन ! कतै नभएको जात्रा हाँडिगाउँमा भनेझैं आम वडाबासीलाई राहत दिनु त कता हो कता घरबाटो सिफारिस दिंदा सर्जमिन दस्तुर बापत रु. ५००।– असुलेर गरेनन् त नमूना काम । नगरपालिकाभित्रका कुनै पनि वडामा अहिलेसम्म नलिएको सजर्मिन दस्तुर इनरुवा नगरपालिका मेयरका नजिकका विश्वासिला पात्र भनेर चिनिएका पोखरेलले लिएको सजर्मिन दस्तुरका कारण यतिबेला सर्वत्र विरोध हुन थालेको छ ।
उनलाई वडाध्यक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्नेहरु पनि यतिबेला उनको यस कदमको खुलेरै विरोध गर्न थालेका छन जुन यतिबेला भाइरल भएको सर्जमिन दस्तुरबाट काटिएको रसिदसहितको फेसबुक वालबाट छर्लङ्ग हुन्छ । यतिबेला फेसबुक वालहरुमा वडा नं. ५ का वडाध्यक्षको सर्वत्र विरोध भइरहेको छ ।
उक्त घरबाटो सिफारिसमा सिफारिसबापत १६००।– (जुन अन्य वडाभन्दा महँगो नै हो), रसिद छपाइबाट रु. २०।– (जुन जायज नै हो) र अन्य दस्तुर भन्दै सर्जमिन दस्तुर बापत रु. ५००।– (काँही नभएको जात्रा हाँडी गाउँमा) काटिएको छ । यतिबेला यसैको विरोधमा स्थानीयहरुले आवाज उठाएका छन्– सजर्मिन गर्न जाने काम नगरपालिकाको कर्मचारीको, त्यसका लागि अमिन ओभरसियर खटाइएको हुन्छ र सो काम गरेबापत उनीहरुलाई नेपाल सरकारले तलब दिएको हुन्छ । अब सरकारले तलब दिएर राखेको कर्मचारीले सर्जमिन गर्दा त्यसको मार किन उपभोक्तालाई ? स्थानीयबासीले त्यसको विरोध गर्नुको अर्को प्रमुख कारण हो– सर्जमिनको नाममा रकम असुल्ने अनि सर्जमिन भने वडामै बसीबसी हुने ? अहिलेसम्म कहाँ कहाँ र कति सर्जमिन भयो ? त्यसको हिसाब इनरुवा ५ बासीलाई चाहियो –स्थानीयहरुको आवाज छ ।
यस बिषयमा साझा परिवेशले वडाध्यक्ष पोखरेल सँग बुझँदा नगरपालिका मा नगर प्रमुखको अगुवाइमा सम्पन्न नगरपरिषदबाट सर्जमिन शुल्क लिने निर्णय भएर वडाले लिएको बताए । अन्य सबै वडाहरुले शुल्क लिइरहेको छन तथापी यो गलत भएको हो । मलाइ यस बिषयमा थाहा थिएन यसलाइ अव आफु सुधार्ने बताए । आफुलाइ थाहा नभएको भन्दै तर्किन खोजेका र नमूना काम गर्ने भन्दै आएका वडाध्यक्ष पोखरेलले यस विषयमा स्थानीयबासीको मन बुझाउन के भन्छन् त्यो भन्ने हेर्न बाँकी नै छ । तथापी नगरपरिषद र मेयर केदार भण्डारीको मिलेमतोमा वडाबासी सँग लुट धन्दा भने चलाएको प्रष्ट देखिन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २७, २०७९ १८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।