May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

गाडेको अवस्थामा शव फेला

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:३४
गाडेको अवस्थामा  शव फेला

घोराही  । दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा  प्रहरीले फेला पारेको छ । घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले बुधबार फेला परेको हो ।

शारदाका श्रीमान् ४१ वर्षीया मेघराज केसी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रवक्ता गौतमका अनुसार श्रीमतीको हत्यापछि शव गाडेर श्रीमान् प्रहार भएको हुन सक्ने बताउनुभयो । ‘रतनपुरबाट श्रीमान् र श्रीमती हराएको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले श्रीमतीको शव गाडेको अवस्थामा फेला पारेको थियो’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमले भन्नुभयो,‘श्रीमानको खोजी कार्य भइरहेको छ ।’

जमिनमा गाडेको अवस्थामा खुट्टाको पैताला देखिएको खबर प्राप्त भएपछि पुगेको प्रहरी टोलीले शव निकाल्दा शारदाको भएको पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो । प्रवक्ता गौतमले घट्नाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय घोराहीमा मृतकका आफन्तले मेघरा विरुद्ध किटानी जाहेरी दिएका छन् । घटना नयाँ वर्ष वैशाख १ गते मध्यरातिको भएको अनुमान गरिएको छ । उक्त दिन मृतककी विवाहित छोरी र १५ वर्षीय कान्छो छोरा नयाँ वर्ष मनाउन मामाघरमा गएका थिए । मृतकका छोराछोरी मामा घरबाट वैशाख ३ गते आफ्नो घरमा फर्किदा घरमा बाबुआमा नभएको प्रहरीलाई जानकारी दिएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।

मृतकका जेठो छोरा रोजगारीको सिलसिलामा भारतमा छन् । प्रहरीका अनुसार वैशाख १ गते मृतक शारदाकी सासू आमा ७५ वर्षीया पनि जेठो छोरोका घरमा गएको अवस्थामा मेघराजले श्रीमतीको हत्या गरेर शव गाडेको हुनसक्ने आशङ्का गरेको छ । हराइरहेको समयमा घरनजिकै कटहरको रुखमा फलेको कटहर टिप्ने क्रममा खाडलमा गाडेको मानिसको खुट्टाको पैताला देखिएपछि शारदाको हत्या भएको घटना सार्वजनिक भएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट