sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बर्सेनि बल्झिरहने पीडा ‘खानेपानी’

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:४७
बर्सेनि बल्झिरहने पीडा ‘खानेपानी’

दाङ । गोदधारा घोराही उपमहानगरपालिका वडा नं. ४ को पहाडी बस्ती हो । जुन बस्ती घोराही बजारदेखि करिब १० किलोमिटर दुरीमा अवस्थित छ । जहाँ करिब एक सय २० घरधुरीको बसोबास छ । खडेरी सुरु भएसँगै गोदधारामा खानेपानीको अभाव चुलिँदै गइरहेको छ ।

खडेरी सुरु भएसँगै गोदधारा बस्तीको पानीको धारामा पानी  मुहान मात्रै होइन, बस्तीको मुहारमा खानेपानी अभावको पीडाले खुसी हराएको छ । गोदधारावासीका लागि खानेपानीको योजना मात्रै होइन, मन भरी पानी खाने सपना पनि वर्षौँदेखि अधुरै छ ।

गाउँमा खानेपानीको खडेरी सुरु भए सँगै सुक्न थालेपछि अहिले गोदधाराका स्थानीयहरू एक ग्रागी पानीका लागि घण्टौँ टाढाबाट धाउनुपर्ने बाध्यता स्थानीयको छ । गाउँमा खानेपानीको व्यवस्थित योजना निर्माणको अभावका कारण यो बाध्यता बर्सेनि खेप्नु परेको स्थानीय कमला मगरको भनाई छ ।

खानेपानी योजना निर्माणको अभावका कारण खडेरी सुरु भएसँगै उनीहरूलाई पानीको पीडा पोल्ने गरेको छ । उनले भनिन–‘ पुस्तौदेखि हो खडेरी सुरु भएपछि खानेपानीको पीडा झेल्न लागेको, तर अझै खानेपानी पीडा उस्तै छ ।’ जसका खडेरीमा बर्सेनि पानीको पीडाको आहालमा गाउँ डुब्ने गरेको छ । उनले भनिन्–‘ एक ग्रागीका पानीका राती भन्नु छैन, दिन भन्नु छैन । बालबच्चादेखि सबै पानी खोज्दै कहिले कता कहिले कता हिँड्नु परिरहेको छ ’ तर गाउँमा खानेपानी अभाव र पीडा अझै हटेको छैन ।

जसका कारण अझै उही दुर्गम पहाडलाई त्यही पीडाले सताइरहेको उनले बताउँछिन् । गाविस, नगर हुँदै अहिले उपमहानगरपालिकाबासी भए पनि गाउँमा खानेपानीको पीडा र दुःख टर्न नसक्दा अझै उपमहानगरभित्रको बस्ती उही पुरानै अवस्थामा रहेको छ । उनले थपिन– ‘उपमहानगर भएर के भयो र ? खानेपानीको दुःख उही पुरानै छ । ’

खडेरी सुरुभएसँगै खानेपानी अभावको पीडा दाङको पहाडी वस्तीका सदियो देखिको पीडा हो । खडेरी सुरु भयो की पहाडी बस्तीलाई खानेपानी अभावको चिन्ताले पनि पिरोल्न सुरु गर्छ । कतिपय पहाडी बस्तीमा खानेपानीको धारा पुगेपनि पानी पुगेका छैन ।

कतिपय बस्तीमा अझै खानेपानीको धारा पुग्नै बाँकी छ । खडेरी बढ्दै जाँदा पानीको मुहान सुक्न थालेपछि दाङको पहाडी बस्तीमा खानेपानीको अभाव दिनानुदिन चुलिँदै गइरहेको छ । खानेपानीको सहज व्यवस्थापन नहुँदा एकग्रागी पानीका लागि घण्टौँ टाढा धाउनुपर्ने दुविधा पहाडीबासीको वर्षाैंदेखिको पीडा हो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid