May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सञ्चार कर्मसँगै वृत्तचित्रमा सञ्चारकर्मी सरोज

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:५७
सञ्चार कर्मसँगै वृत्तचित्रमा सञ्चारकर्मी सरोज

काठमाडौं ।ओझा केवल सञ्चारमाध्यममा मात्र सीमित हुनुहुन्न । उहाँ वृत्तचित्र बनाउनुहुन्छ, सौन्दर्य प्रतियोगिताको निर्णायकको भूमिका पनि निर्वाह गर्नुहुन्छ । ओझा नेपाल टेलिभिजन संस्थानअन्तर्गतको समाचार च्यानलमा प्रत्येक बुधबार राति ९ः१५ बजे प्रसारण हुने कार्यक्रम ‘सचेतना’को कार्यक्रम प्रस्तोता एवं निर्देशक हुनुहुन्छ ।

सरोज डेढ दशकदेखि नेपाल टेलिभिजनका विभिन्न टेलिभिजन च्यानलका लागि बाहृय उत्पादकका रूपमा काम गर्दै आउनुभएको छ । उहाँले कार्यक्रम प्रस्तोता, निर्माता एवं निर्देशक, सम्पादक, स्क्रिप्ट राईटरलगायतको जिम्मेवारी बहन गरिसक्नुभएको छ । उहाँले एनटिभी-२ च्यानलमा बाल कार्यक्रम ‘बाल आवाज’को व्यवस्थापक एवं निर्माताको रूपमा काम गरिसक्नुभएको छ । यस्तै हालसम्म ‘सचेतना’सहित ‘बाल आवाज’, ‘विजनेस इन्फो’, ‘नमस्ते नेपाल’, ‘प्रवासीको सन्देश’, ‘आदर्श परिवार’, नेपाल मै पहिलोपटक कुकिङ रियालिटी शो ‘कलेज सेफ आइकन’ र हास्य टेलिशृंखला ‘कुरामात्रै भो’को निर्माण र प्रसारणमा आफूलाई जोडिसक्नुभएको छ ।

त्यस्तै उहाँले ‘हेल्थ रिटेन्सन (विश्व स्वास्थ्य संगठन-२०२१)’, ‘गद्धी बैठक पुनःनिर्माण’, ‘यु एस एम्बेसडर फण्ड (२०७५)’, ‘लुम्बिनी आइबडिए (२०७४)’, ‘अन्नपूर्ण ओडिसी (नेपाल पर्यटन बोर्ड (२०७१)’, ‘कीर्तिपुरको पर्यटकीय सम्भावना (कीर्तिपुर नगरपालिका २०७३), लगायत वृत्तचित्रको निर्माण, लेखन र निर्देशन गरिसक्नुभएको छ । उहाँ हाल ‘बुढीगण्डकी सभ्यता र सेरोफेरो’ विषयमा शोधमूलक अध्ययन, अनुसन्धानमा व्यस्त हुनुहुन्छ ।

उहाँले सन् २०१९ मा काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटलाई नेपालस्थित १४ वटा स्याटलाइट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने संयोजनकारी भूमिका निर्वाह गर्नुभएको थियो । ओझा ग्लोरी मिडियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक तथा राज्य मिडिया नेटवर्कका अध्यक्षसँगै अनलाइन संस्करण राज्यदैनिक डटकमका अध्यक्ष एवं कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । उहाँले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन, कर्पोरेट खबर पत्रिका एवं सोको अनलाइन संस्करण र खेल जित मनोविज्ञान पुस्तकको सम्पादनसमेत गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था एभरेष्ट प्रेस क्लबका महासचिवसमेत रहनुभएका उहाँ अघिल्लो कार्यकाल नेपाल पत्रकार महासंघ, एसोसएट प्रदेश कमिटी कार्यसमितिमा निर्वाचित हुनुभएको थियो । उहाँ मास्टर्स् इन मिडिया टेक्नोलोजी, स्नाकोत्तर तहका शोधार्थीसमेत रहनुभएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।