May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

ढाकाकुमारको अडियोमा रास्वपाले थाल्यो अनुसन्धान

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १५:३५
ढाकाकुमारको अडियोमा रास्वपाले थाल्यो अनुसन्धान
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान
  • पार्टीको नाम प्रयोग गरेर पैसा मागेको प्रमाण लिएर आए
  • ७२ घण्टाभित्र कारबाही गर्ने रास्वपाको अडान 

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको बताएको छ । रास्वपाले बर्खास्त गरेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापतिसँग निकट रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको बताएका थिए । यसबारे अनुशासन आयोगले केन्द्रीय सदस्य थापासँग सोधपुछ र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।

गत चैतमा रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक गरेको थियो । त्यसमाथि छानबिन गरेको रास्वपाले श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

त्यही कारबाहीका कारण उनको सांसद पद गयो । पछिल्लो समय उनले त्यो बेला आफूलाई मन्त्री बनाउन भन्दै केन्द्रीय सदस्य थापाले ३ करोड रुपैयाँ मागेको दाबी गरेका छन् । यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै रास्वपाले श्रेष्ठमाथि प्रश्न उठाएको छ । त्यो अडियो सार्वजनिक भएपछि श्रेष्ठले कहिले त्यो अडियो आफ्नो होइन त कहिले पुसको अडियो अहिले किन सार्वजनिक भयो भन्ने गरेको रास्वपाले बताएको छ ।

साथै उक्त अडियो आफ्नो होइन भनेर उनले दिएको बयान पार्टीमा सुरक्षित नै रहेको भन्दै रास्वपाले भनेको छ, ‘कहिले कोर टीम छैन भन्ने त कहिले पार्टीका फरक फरक केन्द्रीय सदस्यलाई पोलिरहने जस्तो एकआपसमा परस्पर विरोधी अभिव्यक्ति दिइरहनु भयो ।’

पार्टीको नाम प्रयोग गरेर पैसा मागेको प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्ने रास्वपाले बताएको छ । तर पार्टीप्रति जनविश्वासमा चोट पुर्‍याउने प्रयत्न नहोस् भनेर समेत सचेत गराएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।