July 15, 2024 | सोमवार, असार ३१, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

दिल्लीमा एप्पलको पहिलो स्टोर खुल्यो, टिम कुकले गरे उद्घाटन

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:२६
दिल्लीमा एप्पलको पहिलो स्टोर खुल्यो, टिम कुकले गरे उद्घाटन

एप्पलका सिइ‌ओ टिम कुकले दिल्लीमा कम्पनीको पहिलो स्टोरको उद्घाटन गरेका छन्। यो स्टोर साकेतस्थित सेलेक्ट सिटी वाक शपिङ मलमा खोलिएको हो।

एप्पलका फ्यानहरू ठूलो संख्यामा मलमा भेला भएका थिए। यस अवसरमा टिम कुकले धेरै ग्राहकहरूलाई भेटेर कुराकानी गरेका थिए।

यसअघि १८ अप्रिलमा टिम कुकले मुम्बईमा भारतको पहिलो एप्पल स्टोरको उद्घाटन गरेका थिए ।

प्रधानमन्त्रीसँग भेटघाट र दिल्ली भ्रमण

बुधबार उनले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए। यसबाहेक कुक दिल्लीको लोधी आर्ट डिस्ट्रिक्ट र नेशनल क्राफ्ट म्युजियम पनि गएका थिए।

उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा दुवै ठाउँको तस्विर सेयर गरेका छन्।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्