sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

वडाध्यक्षहरूको र्‍याक्सन- हर्क साम्पाङसँगको लडाइँ अब वार कि पारको

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १0:२९
वडाध्यक्षहरूको र्‍याक्सन- हर्क साम्पाङसँगको लडाइँ अब वार कि पारको

विराटनगर । धरान उपमहानगरका मेयर हर्क सम्पाङ्ग र वडाअध्यक्षहरूको विवाद थप चुलिएको छ ।

विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङ्गले वडाध्यक्षहरूको राजीनामा मागेका थिए । मेयरले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयरको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टियप्पणी गरेका छन् ।

राजीनामा दिन चेतावनीसहितको विज्ञप्तिपछि वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ्गलाई राजीनामा गरेर पुन: चुनाव लड्न चुनौती दिएका छन् ।

एक वर्षसम्म मेयरको पेलान सहेको भन्दै अब नबस्ने उनीहरूको प्रतिक्रिया छ । वडाध्यक्षहरूले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको तर मेयरले प्रक्रियाभन्दा बाहिर गएर धाकधम्की दिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा धरान- ६ बाट स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष भूपेन्द्र भट्टराईले साम्पाङलाई नगर प्रमुख पदबाट राजीनामा दिएर आफ्नो वडामा अध्यक्ष जितेर देखाउन चुनौती दिए ।

उनले मेयर साम्पाङले आफूलाई खोला बेचुवा भनेर चिनाउन खोजेको आरोप लगाउँदै भने, ‘आफनै स्रोत साधन प्रयोग गरौँ खोलाको उचित सदुपयोग गरौँ खोला ठेक्का होइन स्रोत परिचालन गरी बाटोघाटो र विकास कार्य गरौँ भन्दा खोला बेच्न खोजेको हुन्छ ? के खोला मेयरको ठेक्का हो ?’

भट्टराईले वडाको उन्नति र विकासका लागि आफू हरपल प्रयत्न गर्दै मेयरसँग झुकेको तर त्यसको गलत अर्थ लगाएको बताए ।

१७ नम्बरका अध्यक्ष सूर्यबहादुर भट्टराईले उपमहानगरपालिकाको विवाद मेयर हर्क साम्पाङसँग वडाध्यक्षहरूको व्यक्तिगत नभई विधि, प्रक्रिया, पद्धति, विभेद र न्यायको लडाइँ भएको बताए । वडाध्यक्षहरूलाई राजीनामामा माग्ने मेयरले आफैँ राजीनामा दिएर चुनावमा भिड्न उनले चुनौती दिए ।

यो पनि पढ्नुस् : वडाध्यक्षहरूलाई हर्क साम्पाङको चेतावनी- सच्चिएर बैठकमा आऊ, नत्र राजीनामा देऊ

उनले धरानलाई समृद्ध बनाउन कार्यपालिकालाई एकताबद्ध बनाएर अघि बढाउने दायित्व र भूमिका नेतृत्वमा बसेको मेयरको भएको बताए । मिलेर, मिलाएर जाऊँ भन्दै अगाडि बढेको तर अबको लडाइँ अब वारपारको बनेको भट्टराईको भनाई थियो ।

मेयर साम्पाङले बोलाएको बैठकमा धरानको विकासको एजेन्डा नहुने भन्दै वडाध्यक्षहरू बैठकमा नजाँदा विकास प्रभावित नभएको उनको जिकिर छ ।

उनले भने ‘फेसबुकमा लाइक र कमेन्टले धरान चल्दैन । धरान बनाउन स्थानीय शासन सञ्चालन ऐन नियम अनुसार अघि बढ्नुपर्छ उनले बताए । हाम्रो ५ वटा माग पूरा नभए कानूनी प्रक्रियामा जान्छौं ।’

वडा नम्बर १८ का अध्यक्ष प्रवीण राईले कार्यपालिका बैठक सुचारु गर्न मेयर आफैँ नलागेको आरोप लगाए ।

‘सहजीकरणको लागि समीक्षा गरौं भनेका थियौं, तर उहाँ आफैँ मान्नु भएन’, उनले सुनाए ।

सामाजिक सञ्जालमा वडा अध्यक्षहरूलाई ‘गुइँठे’ भन्दै अपमान गर्ने र अस्तित्वमाथि नै धावा बोल्ने अधिकार मेयर साम्पाङलाई नभएको राईले बताए ।

उनले भने ‘क्रियाको प्रतिक्रिया हुन्छ, मेयर धकुले (धक्कुमात्र लाउने काम नगर्ने) उपनामले चिनिएका छन् ।’

धरानमा लामो समयदेखि वडाअध्यक्ष र मेयरबीच लामो समयदेखि विवाद छ । मेयरका स्वकीय सन्दिर लिम्बूले वडाअध्यक्षहरूलाई निर्देशनात्मक पत्र पठाएपछि विवाद सुरू भएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid