May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

ल्यान्डफिलले पारेको असर मूल्यांकन गर्न बञ्चरेडाँडामा नाष्टको टोली जाँदै

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १४:३0
ल्यान्डफिलले पारेको असर मूल्यांकन गर्न बञ्चरेडाँडामा नाष्टको टोली जाँदै
  • फोहोर बोकेर जाने गाडीमा अवरोध, माटो बोकेर गएको गाडीलाई जान दिए
  • माटो बोकेर २० वटा गाडी जान दिएको
  • आज नाष्टको टोली बञ्चरेडाँडा मूल्यांकनका लागि जाँदै

काठमाडौं ।।

काठमाडौं उपत्यकाबाट फोहोर बोकेर जाने गाडीमा अवरोध गरिरहेका बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयबासीले माटो बोकेर गएको गाडीलाई जान दिएका छन् । तर, फोहोर बोकेर जाने गाडीलाई भने उनीहरुले अवरोध कायमै राखेका छन् ।

१ साउनदेखि ककनी गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीयले काठमाडौंबाट गएको फोहोरको गाडी जान दिएका छैनन् ।
तर, बिहीबार बञ्चरेडाँडामा दुर्गन्धित भएको फोहोरलाई छोप्न माटो बोकेर २० वटा गाडी जान दिएको ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंले जानकारी दिए ।

‘हामीले फोहोर मात्रै रोकेका हौं, क्यापिङ गर्न आएको गाडी छिर्न दिएका छौं । यस्तै झिंगा नभन्कियोस् भनेर सेनिटेसनका लागि आएको गाडी पनि छिर्न दिएका छौं,’ बजगाईंले भने ।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को अध्ययन टोली पनि बञ्चरेडाँडा जान लागेको बताए । ‘आज नाष्टको टोलीले बञ्चरेडाँडा ल्यान्डफिल साइटले वरिपरिको बस्तीमा पारेको असर र वातावरणीय प्रभाव मूल्यांकनका लागि जाँदैछ,’ उनले भने । टोलीले ३ महिनाभित्र अध्ययन प्रतिवदेन बुझाउने बजगाईंले बताए ।

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।