April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

बालसुधार गृहबाट भागे दुई किशोर

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १२:0७
बालसुधार गृहबाट भागे दुई किशोर

-बालसुधार गृहबाट दुईजना किशोर फरार
– सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार

वीरगन्ज : वीरगन्ज बालसुधार गृहबाट दुईजना किशोर फरार भएका छन् । वीरगन्ज -४ वीर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएको सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।

सुधार गृहमा कूल १२६ जना बालक र किशोर रहेकोमा शुक्रबार बिहान दुईजना फरार रहेको काफ्लेले बताए । प्रहरीका अनुसार सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू गृहसँगै टाँसिएर रहेको मेडिकल क्लिनिको छतमा गइ त्यहाँबाट हाम फालेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बालसुधार गृहबाट फरार भएका दुवैजनाको खोजी भइरहेको बताए ।उक्त बालसुधार गृहमा गत भदौ २६ गते बालबालिकाहरूबीच विवाद भइ झडप हुँदाा ३ प्रहरी र ११ जना बालक घाइते भएका थिए।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।