June 4, 2025 | बुधबार, जेष्ठ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जुनसुकै व्यक्तिको ५० प्रतिशत काम आत्मबलले गर्छ

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:३३
जुनसुकै व्यक्तिको ५० प्रतिशत काम आत्मबलले गर्छ

आत्मबल मानिसको आन्तरिक शक्ति हो । अर्थात् मानसिक रुपमा शक्तिशाली हुनु आत्मबल बलियो हुनु हो । आत्मबलले शारीरिक काम गर्न पनि ऊर्जा दिन्छ । दिमाग, मन र बुद्धिको सम्मिश्रणले आत्मबल दिन्छ । आत्मबल बलियो हुने व्यक्तिले नै सफलता प्राप्त गर्छन् ।

शारीरिक तथा मानसिक समस्यामा औषधिसँगै आत्मबलको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । कोरोना महामारीका बेला पनि आत्मबल दह्रो भएको व्यक्तिले कोरोनालाई अलि छिटो जिते भने आत्मबल कमजोर भएको व्यक्तिले ढिलो ।

मानौं, कुनै व्यक्तिलाई टाउको दुख्यो, उसले ‘ओ हो टाउको दुख्यो, अन्य रोगको लक्षण पो हो कि’ भनेर सोच्न थाल्यो भने दुखाइ झन् बढ्छ । तर उसले सामान्य दुखाइ होला भनेर आत्मबल बढायो भने रोग प्रतिरोधात्मक क्षमता बढ्छ र दुखाइ कम हुँदै जान्छ ।

कुनै पनि रोग लागेको व्यक्तिलाई निको हुन औषधि ५० प्रतिशत काम गर्छ भने ५० प्रतिशत आत्मबलले नै काम गर्ने हो । उसले आफूलाई कमजोर सोच्न थाल्छ भने रोग झन् बढ्छ । तर म यो रोगलाई जसरी पनि जित्छु भनेर आत्मबल बढायो भने ऊ छिटो निको हुन्छ ।

हिन्दी फिल्म ‘मुन्ना भाइ एमबीबीएस’मा पनि देखाइएको छ, बिरामीलाई उपचारले मात्र होइन, आत्मबलले छिटो निको हुन्छ ।

आत्मबल कमजोर भए के हुन्छ ?

यदि कुनै व्यक्तिको आत्मबल कमजोर छ भने उसले कुनै पनि कुरामा निर्णय गर्न सक्दैन । मनोबल नभएको व्यक्तिलाई सजिलो काम पनि गाह्रो लाग्छ, तर उच्च मनोबल भएको व्यक्तिलाई सबै कुरा सजिलो र सरल लाग्छ ।

जो व्यक्तिसँग आत्मबल हुँदैन, उसले हरेक काममा बहाना खोजिरहेको हुन्छ । ‘मैले यो काम गर्न खोजेको थिएँ तर फलानोले त्यो काम राम्रो छैन भन्यो त्यसैले गरिनँ’ जस्ता बहाना बनाइरहेको हुन्छ ।

कमजोर आत्मबलका कारण हामीले हाम्रा खराब बानी त्याग्न सक्दैनौं । जसकारण हाम्रो बौद्धिक विकास रोकिन्छ ।

आत्मसम्मान र आत्मबल अन्तरसम्बन्धित

जसरी हामी अरूलाई सम्मान गर्छौं, त्यसरी नै आफूलाई सम्मान गर्छौं भने त्यसलाई आत्मसम्मान भनिन्छ । आत्मसम्मान भनेको आफैंलाई महत्त्व दिनु हो । आत्मप्रेम, आत्मसम्मान र आत्महेरचाह गरियो भने आत्मबल पनि बढेर जान्छ । जब आत्मसम्मान कमजोर हुँदै जान्छ, त्यसपछि आत्मबल पनि कमजोर हुँदै जान्छ । त्यसैले आत्मबल बढाउनु छ भने आत्मसम्मान कायम राख्नुपर्छ ।

कस्तो व्यक्तिमा आत्मबल कम हुन्छ ?

मुख्यतया मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा आत्मबल कमजोर हुन्छ । डिप्रेसन भएको व्यक्तिमा संसारमा सबै ठीक, म मात्र बेठीक भन्ने सोच विकास हुन्छ । म केही गर्न सक्दिनँ, मेरो भविष्य अन्धकार छ जस्ता उदासीन भावना त्यस्ता व्यक्तिमा हुन्छ, जसले गर्दा आत्मबल कमजोर हुन्छ ।

एन्जाइटीको समस्या भएका व्यक्तिमा डरको मात्रा बढी हुन्छ । यस्ता व्यक्तिलाई सानो सानो कुरामा पनि डर लग्ने आत्तिहाल्ने समस्या हुन्छ, जसले गर्दा पनि आत्मबल कमजोर हुन्छ । जब कुनै कडाखाले रोग लागेको कुरा थाहा हुन्छ, त्यसले पनि आत्मबल कमजोर गराउँछ ।

आत्मबल कसरी बढाउने ?

–ऐना अगाडि उभिएर आफ्नो बारेमा सकारात्मक कुरा सोच्नुपर्छ । ‘म सक्षम छु, मेरो आत्मबल उच्च छ’ भनेर सोच्नुपर्छ । यसो गर्दा इच्छाशक्ति बढ्छ र आत्म सुझावलाई यथार्थमा परिणत गर्न सकिन्छ । परिणाममा आत्मबल उच्च हुन्छ ।

–फिटनेस, स्टाइल, डाइट लगायत कुराले पनि आत्मबल उच्च पार्न भूमिका निर्वाह गर्छ । आत्मबल बढाउन शारीरिक अभ्यास र खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ ।

–दैनिक योग ध्यान गरौं । योग ध्यान गर्दा शरीर र मन शुद्ध भएर निरोगी भइन्छ । जसले गर्दा आत्मबल स्वभाविक रूपले उच्च हुन्छ ।
–यी उपाय अपनाउँदा पनि आत्मबल बढेन भने मनोपरामर्श लिएर पनि आत्मबल बढाउन सकिन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट