October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रमुख नापी अधिकृतसहित मालपोतका कर्मचारीबिरुद्ध मुद्दा

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:५0
प्रमुख नापी अधिकृतसहित मालपोतका कर्मचारीबिरुद्ध मुद्दा

काठमाडौं। कागेश्वरी मनहरा नगरपालिका,साविक गोठाटार र साविक मुलपानीको स्मार्ट सिटीअन्तगर्तको जग्गामा कानुनविपरित कित्ता काट्ने गर्ने नापी र मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादाश महर्जन, मालपोत कार्यालय,चाबहिलका तत्कालीन मालपोत अधिकृत बिष्णु प्रसाद काफ्लेसमेत ८ जनाविरुद्ध सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं १ख,का कित्ताहरु काठमाडौं विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी,नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा कित्ताकाट गर्दा अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने कार्य भएको पाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी थिए ।
नापी कार्यालय,चाबहिल,काठमाडौंका तत्कालीन प्रमुख महर्जन,नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले जिल्ला काठमाडौं,साविक मुलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्चाई कित्ताकाट एवं प्रमाणित गरेको पाइएको अख्तियारको ठहर छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको कैद र जरिवानाको माग दावी गरेको छ।

त्यस्तै मालपोत कार्यालय चाबहिल,काठमाडौंका तत्कालीन मालपोत अधिकृत काफ्ले र नायव सुब्बा उत्तम कुँवरले नापी कार्यालय चाबहिलबाट जिल्ला काठमाडौ,साविक मुलपानी १ख किनं ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गरेको पाइएको छ।

लिखतहरु मालपोत कार्यालय,चाबहिलमा पठाएकोमा क्षेत्रफल बढ कायम गरी पठाउँदा समेत फिल्डमा चेकजाँच नगरी नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिने कार्यलाई सहयोग पु¥याइएको सो कार्यालयबाट पेश भएका राजीनामा लिखतहरू पारित गरी गलत लिखतलाई प्रमाणित गरी गलत जग्गाधनी दर्ता श्रेष्ता नामक लिखतसमेत तयार गर्ने कार्य गरेको पाइएको प्रवक्ता दाहालले बताए।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कैद र जरिवानाको माग गरिएको छ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्