May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

दयाहाङ र मिरुनाले पूर्वी रुकुमबाट थाले ‘घरज्वाइँ’को छायांकन

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० १0:५१
दयाहाङ र मिरुनाले पूर्वी रुकुमबाट थाले ‘घरज्वाइँ’को छायांकन

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले पूर्वी रुकुमबाट आगामी फिल्म ‘घरज्वाइँ’को छायांकन थालेका छन् । जिल्लाको लुगममा शुभसाइत पूजासहित छायांकन सुरु भएको निर्माता जनक घर्तीले बताए ।

यो फिल्मबाट अनिल बुढामगरले कथानक फिल्ममा डेब्यु गर्दैछन् । पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटन लगायतका थलोमा फिल्म छायांकन हुने जनाइएको छ ।

३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, विना मगर, खड्गबहादुर पुन, सोनाम लामा, बिवेश बुढा, सुनिल मगरलगायतले अभिनय गर्नेछन् ।

जीएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन् भने रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।