March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
अभिनेता हरिवंश आचार्यको गीत युट्युब ट्रेन्डिङमा ‘ह्वाट्सएप’बाट ठगी प्रहरीको नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद बस्दै प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास सुपारी र कुखुराको अवैध आयात रोक्न माग ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग

स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलका लागि चुनौतीपूर्ण बन्दै

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:५१
स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलका लागि चुनौतीपूर्ण बन्दै

४६ साल भन्दा अगाडि पञ्चायती अथवा निर्दलिय व्यवस्था अन्तर्गत हुने चुनावहरुमा अघोषित रुपमा खासगरेर कम्युनिष्टहरुको प्रतिनिधित्व गर्दै मुलुकका विभिन्न स्थानहरुमा जनपक्षीय उम्मेदवारहरु चुनावमा भाग लिने गरेको प्राय हामी सबैले देखे सुनेको नै कुरा हो । पञ्चायत कालमा त्यसरी चुनावमा भाग लिने जनपक्षीय उम्मेदवारहरु जनता माझ अत्यन्तै लोकप्रिय हुने गर्थे । त्यतिखेर त्यस्ता उम्मेदवारहरु प्रतिको आमजनताको क्रेज नै अलग्गै हुने गर्थ्यो । त्यतिखेर अधिकांस जनपक्षीय उम्मेदवारहरु अत्याधिक मतका साथ जित हासिल पनि गर्ने गर्थे ।

अहिले यसो सोचौँ त ! उ बेला जनपक्षीय उम्मेदवारहरु किन त्यति धेरै लोकप्रिय हुने गर्थे त ? कुरा सिम्पल छ, त्यतिखेरको निरङ्कुश पञ्चायती व्यवस्थाले आमजनताका मौलिक अधिकार खास गरेर विचार र अभिव्यक्त्तिको स्वतन्त्रतामा प्रतिबन्ध लगाएको अवस्था थियो । आमजनतालाई शान्तिपुर्वक भेला भएर आफ्ना कुराहरु राख्न पञ्चायती कानुनले रोक लगाएको अवस्था थियो । शोषित, पीडित तथा अन्यायमा परेका जनताको पक्षमा आवाज उठाउन सहज थिएन । आमजनताहरु एक प्रकारले निसास्सिएर बस्नु परेको अवस्था थियो ।

उल्लेखित अवस्थामा आमजनताले त्यतिखेरका जनपक्षीय उम्मेदवारहरु मार्फत आफ्ना आधारभूत मौलिक अधिकारहरुको रक्षा हुने र आफुहरु अन्यायमा पर्दा उनिहरु मार्फत सहज रुपमा न्याय प्राप्त गर्न सकिने एउटा ठूलो आशा अपेक्षा गरेका हुन्थे । जनपक्षीय उम्मेदवारलाई आफ्नो प्रतिनिधि बनएर पठाउन सके, उनिहरु आमजनताको इच्छा आकांक्ष अनुरुप चल्ने छन् । शोषित, पीडित तथा अन्यायमा परेका आमजनताको हितमा काम गर्ने छन् भन्ने एउटा जबरजस्त विश्वास त्यतिखेरका हरेक आमजनतामा रहने गरेको थियो ।

तर अहिले आश्चार्य लाग्दो कुरा के छ भने प्रजातन्त्र÷लोकतन्त्र प्राप्तिको तीन दशक पछि हाम्रो देशको जनमत पुनः एक पटक जनपक्षीय उम्मेद्वार तर्फ ह्वातै मोडिएको छ । आमजनताले लोकतन्त्र समर्थक दलहरुले उठाएका उमेद्वारहरुलाई बेवास्ता गर्दै स्वतन्त्र उमेद्वारहरुलाई जिताउन थालेका छन् । उदाहरणका रुपमा धरान उपमहानगरबाट हर्क साम्पाङले सानादार जित हासिल गरिसकेका छन् भने काठमाडौं महानगरबाट वालेन्द्र साहको जित लगभग सुनिश्चित बनिसकेको अवस्था छ । यसको अतिरिक्त झापा क्षेत्र नम्बर ३ का माननीय राजेन्द्र लिङ्देनले नेतृत्व गरेको  हिन्दू धर्म तथा राजा समर्थक दल राप्रप्रा प्रति जनलहर उत्तिकैसंग उर्लिएको अवस्था छ ।

यस्तो अवस्थामा, एउटा गम्भीर प्रश्न हामी सबैको मनमा उब्जिएको हुन सक्छ त्यो के भने, देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा परिणत भएको पनि १४ वर्ष पुगिसक्यो । देशको नयाँ सम्विधानले सबै मानिसलाई सम्मान पुर्वक बाँच्न पाउने हक प्रदान गरेको छ । सबै मानिस कानुनका दृष्टिले समान हुने भनिएको छ । कुनै पनि बहानामा राज्यले कसैलाई काखा र कसैलाई पाखा गरी भेदभाव गर्न पाउने छैन भनेर स्पस्ट संग उल्लेख गरिएको छ ।  कुनै पनि व्यक्तिलाई उसको वैयत्तिक स्वतन्त्रताबाट बन्चित गरिने छैन भनिएको छ । प्रत्येक नागरिकलाई रोजगार लयायत निशुल्क स्वास्थ्य शिक्षाको ग्यारेन्टी गरेको छ । हाम्रो देशको अहिलेको संविधानमा एउटा आमनागरिकले सोचेको खोजेको यस्ता तमाम् कुराहरु उल्लेख गरिएको छ । हाम्रो संविधान साँच्चिकै उत्कृष्ट छ । तर पनि किन एकाएक देशमा यस्तो परिस्थितीको सिर्जना हुन पुग्यो ?

एक लाइनमा यसको सटिक उत्तर के हुन सक्छ भने “संविधामा उल्लेख गरिएका कुराहरुलाई आमजनताले व्यावहारिक रूपमा अनुभव गर्न नपाउनु ।“ यसलाई थोरै विस्तृत रुपमा भन्ने हो भने हाम्रो देशमा स्थापित ठुला ठुला राजनीतिक दलका नेताहरुको आमजनता प्रतिको गैरजिम्मेवार चरित्र, आचरण । उनिहरु आमजनताका न्यूनतम आवश्यकता र चासो प्रति उत्तरदायी बन्न नसक्नु । देश र आमजनताको हितमा भन्दा पनि आफ्नो परिवार, नातेदारहरुको हितमा धेरै केन्द्रित हुनु । आमजनताका दुःख पीडाहरुलाई जान्न बुझ्न इच्छुक नहुनु । आमजनता प्रति एउटा अपनत्वको भाव दर्शाउन नसक्नु ।  पैसा र पावरलाई नै सर्वोपरी मानेर आमजनताका भावनाहरुलाई निर्मम बनेर कुल्चनु । भ्रष्ट तथा कमिसनखोरहरुको चङ्गुल बाट बाहिर निस्कन नसक्नु अर्थात भ्रष्ट तथा कमिसनखोरहरुको पक्षपोषण गर्नु, आदि ।

यस्तै बिषयमा केहीदिन पहिला यो पङ्क्तिकारलाई आफु पढे बढेको गाउँ झापा, गोलधापका एकजना प्रगतिशील विचार राख्ने साथी संग टेलिफोनमा कुरा गर्ने मौका मिलेको थियो । कुरैकुरमा हैन तपाईंको  हल्दिवारीमा त दुई हजार भन्दा पनि धेरै मतान्तरले राप्रपाका रविन्द्र लिङदेनले प्रमुख पदमा जित्लान जस्तो देखिदै छ – यो के भैरहेको छ ? भनेर  पङ्क्तिकारले गरेको प्रश्नको उत्तरमा ती साथीको जवाफ थियो “हिजो मण्डले भनिनेहरुको आचरण आज कम्युनिस्टहरुको जस्तो भएको छ र आजका कम्युनिष्टहरुको आचरण हिजोका मण्डलेहरुको जस्तो बनेको छ ।“ यसले के स्पस्ट पार्छ भने हामीले परिवर्तन त ल्यायौँ तर हामी भित्र रहनेगरेको त्यो इमानदारीता, सत्यतालाई भने कायम राख्न सकेनौँ । परिवर्तन संगै परिवर्तनकारी भित्रको सादगी र सरलता पनि परिवर्तन भएर दुषित बन्न पुग्यो ।

खैर, स्वतन्त्र अर्थात जनपक्षीय उम्मेदवारका रूपमा उठेर जो जसले विजय प्राप्त गरिरहेका छन्, उनीहरूले अन्य जनप्रतिनिधिहरुको तुलनमा आ–आफ्नो ठाउँबाट पक्कै पनि केही फरक ढङ्गले राम्रो काम गरेर देखाउने सक्दो कोसिस गर्ने छन् । यो संगसंगै उनिहरुले अहिले सम्म हुँदै आएका भ्रष्टाचार, अनियमितता लगायतका जनविरोधी कामहरूको जनता सामु पर्दाफास पनि गर्ने छन् । भोलिगएर यसले आगामी चुनाव तथा देशको राष्ट्रिय राजनीतिमा नै एउटा अलग्गै परम्पराको थालनी गर्न नसक्ला भनेर भन्ने अवस्था अब रहेन । र आगामी दिनहरूमा यो कुरा अहिलेका स्थापित ठुला राजनीतिक दलहरुका लागि निक्कै नै चुनौतीपूर्ण बन्ने पक्का छ ।

रमेश ढकाल
भद्रपुर, झापा (हाल, दोहा-कतार)

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट