बारा । बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् ।
यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।
यादव सप्तरी–२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम पौडेल बारा–३ र रमेश खरेल काठमाडौँ–१ का मतदाता हुन् । बार २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।