October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बाबुको श्राद्ध गर्न नपाइ ३ जनाको सप्तकोसीमा डुबेर मृत्यु

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १३:३८
बाबुको श्राद्ध गर्न नपाइ ३ जनाको सप्तकोसीमा डुबेर मृत्यु

धरान – सप्तकोसी नदीमा डुबेर दाजुभाइसहित तीनजनाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर–१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राइले बताए।

बाबुको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका झापाको दमक नगरपालिका– ९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका– ७ का १८ वर्षीय राजु गुरागाईंको सप्तकोसीमा डुबेर मृत्यु भएको डिएसपी राइले बताए।

सप्तकोसीमा बुधबार नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको शब नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेलापारी पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको डिएसपी राइले बताए।

बराहक्षेत्र मन्दिरमा बाबुको श्राद्ध गर्न आएका न्यौपाने दाजुभाइ श्राद्ध गर्नु अगाडि नुहाउने क्रममा सप्तकोसी नदिमा डुबेर बेपत्ता भएका थिए।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १३:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्