sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१७
एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास

बाँके । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले आइतबार शिलान्यास गर्नुभएको एथ्लेटिक्स ट्रयाक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको छ ।

११ करोड ६४ लाख रुपियाँमा ट्रयाक निर्माणको जिम्मेवारी प्रतीक्षा कन्स्ट्रक्सन प्रालिले पाएको छ । एथ्लेटिक्स ट्रयाकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगञ्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन लागिएको बताउनुभयो ।

“कुनै पनि रङ्गशालामा सेन्थेटिस ट्रयाकको निर्माण अनिवार्य छ, सदस्यसचिव घिसिङले भन्नुभयो, “सबै हिसावले नेपालगञ्ज रङ्गशालालाई पूर्णता दिने योजनाअनुसार बजेट विनियोजन भई काम सुरु भएको छ ।”

एथ्लेटिक्समा बाँके र लुम्विनी प्रदेशले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट प्रदर्शनको सम्मान गर्दै सरकारले ट्रयाक निर्माण गर्न लागेको उहाँको भनाइ छ । एथ्लेटिक्स ट्रयाक निर्माण भएपछि खेलाडीले अन्तर्राष्ट्रियस्तरको ट्रयाकमा तयारी गर्न पाउने भएकाले उत्कृष्ट प्रदर्शनका लागि सहज हुने सदस्यसचिव घिसिङको भनाइ छ ।

राजधानी बाहिर पोखरा र दाङको बेलझुण्डीपछि नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको सेन्थेटिक ट्रयाकको निर्माण सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले एथ्लेटिक्सको उर्वराभूमिको रुपमा रहेको नेपालगञ्जमा एथ्लेटिक्स सेन्थेटिक ट्रयाक बनेपछि यहाँका खेलाडीले नियमित अभ्यास गर्न पाउने भएकाले थप सफलता प्राप्त गर्ने बिश्वास रहेको बताउनुभयो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid