March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
बर्षाले रद्द भएको नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा , कहिलेबाट सुधार आउला मौसममा ? कानेपोखरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक अन्तत इलाम २ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै

वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुगिँदैन : खनाल

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १६:१३
वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुगिँदैन : खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुर्याउन नसक्ने टिप्पणी गरेका छन् ।
तत्कालीन नेकपा स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खनालले कम्युनिस्टहरूले वर्ग शत्रु र वर्ग मित्र छुट्याएर सङ्घर्ष गर्नुपर्ने बताए ।

‘अहिले भएका वर्गहरूमा कुनचाहिँ शत्रु हो ? कुनचाहिँ मित्र हो ? यसलाई छुट्याउन सकेनौँ भने कोसँग सङ्घर्ष गर्ने कहाँ जाने केही टुङ्गो हुँदैन’ खनालले भने, ‘त्यसैले कम्युनिस्टले वर्ग शत्रु को हो भन्ने छर्लङ्ग छुट्याउनुपर्छ ।
हामीलाई मार्क्सवादले सिकाएको यहीँ हो । यदि हामीले यो छुट्याउन सकेनौँ शत्रुसँग साँठगाँठ वा एकता गर्न पुग्दा उँभो होइन उँधो लाग्छौँ ।’ कम्युनिस्टहरूले गलत विचार र दृष्टिकोण समयमै  चिन्न सक्नुपर्ने खनालले बताए ।
रुसको तत्कालीन सोभियत कम्युनिस्ट सत्ता गलत विचार र दृष्टिकोणले गर्दा ढलेको खनालले बताए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट