May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

ठूला पार्टीप्रति जनतामा निराशा देखियो : देउवा

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:४७
ठूला पार्टीप्रति जनतामा निराशा देखियो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला पार्टीबाट जनतामा निराशा छाएको बताएका छन्।
कांग्रेस संसदीय दलको बैठकमा देउवाले उपनिर्वाचनको प्रारम्भिक मतपरिणामबाट पनि ठूला पार्टीप्रति जनताले त्यति चासो नदेखिएको बताएका हुन्।

देउवाको भनाइ उदृत गर्दै सांसद् रामहरि खतिवडाले भने, ‘अहिले देशमा विषम परिस्थिति छ। उपनिर्वाचनले पनि ठुला पार्टीप्रति जनतामा त्यति चासो नभएको जस्तो छ। जनतामा निराशा छ भनेर भन्नुभयो।’

देउवाले आगामी बजेटमा जनतालाई छुने कार्यक्रम ल्याउनुपर्ने बताए। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा कांग्रेस संसदीय दलको बैठक बसेको थियो।

देशको आर्थिक अवस्था माथि उठाउने गरी बजेट ल्याउने सन्दर्भमा छलफल भएको थियो। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र बजेटको तयारीबारे बिफ्रिङ गरेका थिए।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।