March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त नेपाल एले टस जितेर फिल्डिङ गर्दै फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई एसइइ चलिरहेको समयमा पटकपटक अनुगमनमा नजान राष्ट्रिय परिक्षा बोर्डको निर्देशन कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश आईपीयूमा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च सुनको मूल्यमा नयाँ कीर्तिमान ; कति पुग्यो तोलाको ? दुर्गा प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति सिराहामा बाहिरियो एसईई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

जितनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिदै नेपालको झण्डा पनि उपहार दिए

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १0:४८
जितनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिदै नेपालको झण्डा पनि उपहार दिए

चितवन। नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन्। चितवन–२मा मत गणना बाँकी रहँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले फराकिलो मतान्तरसहित विजयी नजिक पुगेपछि श्रेष्ठले नेपालको झण्डा उपहार दिँदै बधाई दिएका हुन्। आफूले लामिछानेको काममा सहयोग गर्ने प्रतिबद्धता गर्दै उनले शुभकामना दिए।

’क्षेत्र नम्बर दुईको विकासमा धेरै काम गर्न बाँकी छ। यहाँको समस्या समाधान गर्न उहाँले सहयोग मागे म तयार छु। प्रतिस्पर्धीले सहयोग माग्दा विकास निर्माणमा सकारात्मक सहयोग गर्छु।’उनले भने, ’उहाँसँग राष्ट्रले अपेक्षा गरेको छ, मेरो पनि जनप्रतिनिधि हो भन्ने अनुभूति गर्न पाउन पर्छ। ’

जीतको नजिक पुगेका रास्वपा सभापति रवि लामिछानेले स्वच्छ र स्वस्थ प्रतिस्पर्धा भएको बताउँदै सहकार्य काम गर्ने बताए। प्राप्त मतलाई दम्भ नभई अवसरका रुपमा लिने उनको भनाई छ। ’मलाई उहाँले झन्डा मात्रै होइन ठूलो जिम्मेवारी दिनुभएको छ।

चुनावी दौरानमा भएका संवाद सुरु गर्दा सकारात्मक रुपले हामीभित्र असल मानिसको जम्काभेट भएको महसुस गरेको छु ,’ लामिछानेले भने , ’नयाँ पुस्ताले अभ्यास गर्ने लोकतन्त्र स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हो। सहकार्यको लागि हात बढाउनु भएको छ त्यो मेरो लागि सुखद छ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट