काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रुपा सोशी चौधरीले राष्ट्रिय सभाबाट पारित भएको भ्रष्टाचार निवारण सम्बन्धी ऐन संशोधन विधेयक भ्रष्टाचार न्युनिकरणका लागि सकारात्मक कदम हुन सक्ने बताएकी छन् ।
राष्ट्रिय सभाबाट पारित भएर आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथि प्रतिनिधि सभाको बैठकमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।
संयुक्त राष्ट्रसंघको महासन्धीमा नेपालले हस्ताक्षर गरेको र उक्त महासन्धिमा निजी क्षेत्र र राजनीतिक दललाई समेत कानुनको दायरामा ल्याउनुपर्ने मापदण्ड रहेको उल्लेख गर्दै उनले त्यस अनुसा कानुन बनाउने प्रयास हुनु सकारात्मक रहेको बताइन् ।
सांसद चौधरीले भनेकी छन्, ‘यस(प्रस्तावित विधेयक)ले निजी क्षेत्र र राजनीतिक दल समेतलाई दायरामा ल्याउने कुराले भ्रष्टाचारलाई न्युनीकरण गर्ला भनेर थोरै आशाको किरण देख्दछु ।’