April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

  • साझा परिवेश
  • शनिबार, असार २३, २०८० २0:0९
प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

मेचीनगर २३, असार ।

कोशी प्रदेश सांसद सविना बजगार्ईँले झापाका विभिन्न ठाउँमा आव २०८०/०८१ का लागि बजेट तर्जुमा गर्न सफल भएको बताएकी छन् । उनले प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी नौ करोड ५६ लाख २७ हजार रुपैयाँ बजेट हाल्न सफल भएको बताएकी हुन् ।

प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक दल, वडाध्यक्ष र संघसंस्थासँग समन्वय गरेर आवश्यकतामा पनि अतिआवश्यक पूर्वाधार निर्माणमा बजेट पारेको उनको भनाई थियो । सांसद बजगाईँले संसद विकास कोषबाट छुटेका योजनालाई सम्बोधन गर्ने सोचमा रहेकोसमेत जानकारी दिइन् । सांसद बजगाईँले शनिबार पत्रकारसँगको सात्क्षात्कारमा भनिन्,‘धेरै योजनामध्ये यातिको बजेट रातो कितावमा उल्लेख गर्न सफल भएको छु ।

आगामी दिनमा वजेट आवश्यकतालाई मध्यनजर गर्दै थप पहल गर्नेछु ।; उनले उर्जा, जलश्रोत, सिंचाईँमा २ करोड २६ लाख ५० हजार, पर्यटन, वन तथा वातावरणमा एक करोड २५ लाख रकमको वजेट पार्न सफल भएको बताइन् । त्यसैगरी भौतिक पूर्वाधार विकासमा तीन करोढ ७२ लाख, उद्योग कृषि तथा सहकारी क्षेत्रलाई सशर्त अनुदान ६० लाख, समाजिक विकासमा २८ लाख, आर्थिक मामिला तथा योजनामा एक करोड १६ लाख ५६ हजार रकम सांसद बजगाइँको भनाई छ । वर्तमान् राजनीति अवस्थाबारेमा बोल्दै बजगाईले भनिन्, ‘हामी एमाले गठबन्धनमै छौ, केन्द्रीय सरकार र प्रदेश सरकारको बारेमा आफ्नो पाटी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नै निणर्य गर्नुहुनेछ ।’ पत्रकार सात्क्षात्कारमा अनमे संघका प्रतिनिधि, नेपाली कांग्रेसका प्रतिनिधि, नेकपा एमालेका प्रतिनिधिको सहभागीता रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, असार २३, २०८० २0:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।